विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसमा समेत सञ्चालित बीआईसीटीईमा नयाँ भर्ना प्रक्रिया सुरु भइसकेको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र सङ्कायले सञ्चालन गरिरहेको आईटी कार्यक्रम हो, ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) । शैक्षिक सत्र २०८१/८२ का लागि सेमेस्टर प्रणालीमा आधारित यस स्नातक कार्यक्रमका लागि नयाँ भर्ना प्रक्रिया सुरु भइसकेको छ । इच्छुक विद्यार्थीले आगामी ७ भदौसम्म प्रवेश परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।​कक्षा ११/१२ मा जुनै विषय लिएका विद्यार्थीले यो विषयमा भर्ना हुन पाउँछन् ।

यसमा भर्ना हुन इच्छुक विद्यार्थीले सम्बन्धित कलेजमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।हाल त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कूल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ । हालसम्म कुनै पनि निजी कलेजले यो कोर्स सञ्चालन गरेको छैन ।

Leave a Reply