गण्डकी प्रदेशमा सार्वजनिक यातायातका सवारी सञ्चालन गर्ने यातायात व्यवसायीले भोली आइतबारदेखि यातायात सेवा बन्द गरी आन्दोलित भएका छन् ।

भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील बनाउनुपर्नेलगायतका ७ बुँदे माग राखेर व्यवसायी आन्दोलनमा उत्रिएका यातायात ब्यवसायीको माग सुनुवाई नभएपछि आइतबारदेखि लामो तथा छोटो दूरीका सवारी साधन ग्यारेजमा थन्क्याउने र राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

गण्डकी प्रदेशभित्रका ११ जिल्लाका यातायात ब्यवसायीले रातो प्लेटका सवारीलाई यात्रु ओसारपसार गर्न दिएर सार्वजनिक यातायात व्यवसायीलाई धराशायी बनाउन खोजिएको व्यवसायीको आरोप लगाएका छन् ।

यातायात ब्यवसायीले रातो प्लेटका २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारीलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागमा सरकारले सुनवाइ नगरेको बताएका छन् ।

यसैबीच म्याग्दीका यातायात ब्यवसायीले गण्डकी प्रदेशको आन्दोलन अनुसार नै जिल्लाभित्र र बाहिरी जिल्लामा जाने यातायातका साधनहरू बन्द गरी आन्दोलनमा उत्रिने बताएका छन् । यातायात ब्यवसायीले माग पुरा नहुदाँसम्म आन्दोलन नरोकिने बताएका छन् । यातायात ब्यवसायीको आन्दोलनका कारण छोटो तथा लामो दुरीमा यात्रा तय गरेका यात्रुहरु मर्कामा परेका छन् ।

Leave a Reply