बेनी–जोमसोम सडक शुक्रबार विहानैदेखि अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२ सिरुबारीमा पाखोबाट ठूलो ढुङ्गा झरेर सडकको बीचमा बसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । शुक्रबार बिहान खसेको ठूलो ढुङ्गा डोजर प्रयोग गर्दा समेत हटाउन नसकिने अवस्थामा रहेको त्यहाँबाट रूपल पुर्जाले जानकारी दिनुभयो ।

बेनी जोमसोम कोरोला सडक आयोजनाले सडक विभागको लोडर परिचालन गरेर ढुङ्गा फुटाएर सडक खुलाउने तयारी गरिरहेको जनाएको छ। पहिरो र ढुङ्गाले सडक अवरुद्ध भएपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक निकै जोखिमपूर्ण छ । सडक अवरुद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटकसमस्यामा परेका छन् ।

Leave a Reply