त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

क्याप्टेन(पाइलट) मनिषरत्न शाक्यबाहेक सबै सवार यात्रीको मृत्यु भएको हो । जिवितै उद्धार भएका थप एकजनाको पनि मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) दीपक थापाले जानकारी दिए ।

‘१७ जनाको घटनास्थलबाटै शव उठाइएको थियो । पाइलटबाहेक एकजना जिवित हुनुहुन्थयो,’ उनले भने,‘उहाँलाई पनि बचाउन सकिएन् ।’

आफू उद्धारकार्यमै रहेकाले परिचय भने प्रस्ट नभएको उनले बताए । मृत्यु हुने सबै सौर्य एयरलाइन्सका कर्मचारी र इन्जिनियर रहेका छन् । उनीहरूमध्ये एकजना महिला र बाँकी सबै पुरुष हुन् ।

यस्तै एकजना विदेशी नागरिक र बाँकी सबै नेपाली पनि रहेको सौर्य एयरलाइन्सले जनाएको छ । मृतकहरूको पोष्टमार्टम र सनाखतका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिदै छ । सवारको सूची हेर्नुहोस्

जहाजमा सवार व्यक्तिहरुको सूची:

Leave a Reply