काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

जहाज विमानस्थलमै  दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज भर्खरै दुर्घटनामा परेको हो ।

अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको उनले जानकारी दिए । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको जानकारी आएको बताए । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply