बेगखोला समाज यूकेमा अर्जुन तिलिजाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाबाट रोजगारी, ब्यापार, शिक्षा लगायत विभिन्न सिलसिलामा यूकेमा पुगेकाहरूको साझा संस्था समाजको बरिष्ठ उपाध्यक्षमा घनबहादुर गर्बुजा, उपाध्यक्ष नगेन्द्र पाइजा,सचिव गंगा पूर्जा, सह–सचिव जिवन तिलिजा, तिलक तिलिजा, कोषाध्यक्ष राजेन्द्र तिलिजा, सह–कोषाध्यक्ष भिम गर्बुजा, यूवा अध्यक्ष रोशन फगामी, महिला समिति अध्यक्ष लालकुमारी पाइजा रहेका छन् ।

समाजको कार्यसमिति सदस्यहरूमा मिरा फगामी, अञ्जिना पाइजा, यूवा फगामी,प्रविण गर्बुजा, ओमप्रसाद गर्बुजा, रामचन्द्र गर्बुजा, बिकास तिलिजा, पुस्कल तिलिजा, कर्ण पूर्जा, मनप्रसाद गर्बुजा, रमेश चोचाङी, पदम तिलिजा,जुना तिजिाला, गोपिलाल गर्बुजा, खड्ग गर्बुजा, लक्ष्मण शेरबुर््जा, शान्ति गर्बुजा, मञ्जु गर्बुजा, तारा पूर्जा, चन्द्रकला फागामी र निलु गर्बुजा रहेका छन् । समाजको ७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहण १७ औं बार्षिकत्सव समारोहमा गरिएको थियो ।

कार्र्यक्रमको प्रमुख अतिथि मोना यूकेका अध्यक्ष कुमार फगामी, मोना यूकेका संस्थापक अध्यक्ष दलमान पुन, राहुघाट खोला सेरोफेरो समाज यूकेका सचिव धनबहादुर पुन र बेगखोला समाज पोखराका पूर्व अध्यक्ष ओमप्रसाद पूर्जा, चिमखोला समाज यूकेका जुनबहादुर पूर्जा, फ्रेण्ड्ली ब्रडर्स दाना सेरोफोरोका निर्वतमान अध्यक्ष बलबहादुर पूर्जा मगर र अध्यक्ष भिम पूर्जा लगायतको उपस्थितीको रहेको थियो ।

सन् २००६ मा स्थापना भएको संस्थाले बेगखोलामा शिक्षा, स्वास्थ्य, सडक, आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीको उपचार, बाढीपहिरो पीडितलाई सहयोग लगायतमा सहयोग गर्ने गरेको छ ।

नवनिर्वाचित अध्यक्ष तिलिजाले नवनिर्वाचित अध्यक्ष तिलिजाले समाजको स्थापनाकाल देखि नै आफ्नो गाउँ प्रति धेरै सहयोगहरू गरिसकेको र आवश्यक सहयोग सुझाबहरु लाई निरन्तरता दिने तर बिशेष गरेर अबको सहयोग सेवा बेलायत बसोबास गर्ने बृद्धहरु र हाम्रो भाषा संस्कार संस्कृति भन्दा अलग परिवेशमा हुर्किएका छोराछोरीहरु र युवा लक्षित बढी कार्यहरु गरिने बताए ।

Leave a Reply