लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को प्रतिस्पर्धामा रहेकी म्याग्दीकी ललिता शेर्बुजालाई जिताउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीद्धारा अभियान सुरु भएको छ  ।

प्रतियोगिताको विजेता बन्न प्रस्तुतिसँगै भोटिङको जरुरत हुने भएकाले म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ बेगखोलाकी शेर्बुजालाई भोटिङ प्रक्रियाबाट जिताउन आर्थिक सहयोग तथा भोटिङका लागि अपिल गरिएको थियो ।

मिस नेपालको आयोजक संस्था हिडन ट्रेजर नेपालले मिस नेपाल २०२४ का लागि शेर्बुजालाई भोट हाल्नका लागि उनको भोटिङ कोड १५ रहेको छ । म्याग्देलीको साझा संस्था मोना यूकेमार्फत मोना अन्तराष्ट्रिय तथा विश्वभर रहेका मोनाका राष्ट्रिय कार्यकारी समितिलाई समेत अभियानमा सघाउन अनुरोध गरेको अध्यक्ष कुमार फगामीले बताए ।

‘म्याग्देली चेलीलाई विश्वभरबाट सहयोगको आवश्यकता छ, सबैले आफ्नो क्षमता अनुसार सहयोग गरिदिन अपिल गरिएको छ’ अध्यक्ष फगामीले भने ।

मिस नेपालको प्रतिस्पर्धामै रहेको अवस्थामा शेर्बुजाले उत्तरी म्याग्दीमा रहेको अन्नपूर्ण बेसक्याम्प जाने पर्यटकलाई लक्षित गरी दुईबटा शौचालय बनाएकी थिइन् ।

हालै सम्पन्न भएको बेगखोला समाज यूकेको १७ औं बार्षिकत्सवको अवसरमा यूके तथा विश्वभर रहेका बेगखोलाबासीलाई आफ्नो गाउँको चेलीलाई भोटिङसँगै आर्थिक सहयोगमार्फत बेगखोले चेली शेर्बुजालाई जिताउने अभियानमा लागेको समाजका नवनिर्वाचित अध्यक्ष अर्जुन तिलिजाले बताए । ‘हामीले अभियान नै सञ्चालन गरेका छौ, यो हाम्रो लागि गौरबको बिषय हो’ अध्यक्ष तिलिजाले भने ।

 

भोटिङका लागि डिजिटल वालेट खल्ती डाउनलोड गर्नुपर्नेछ । खल्ती एपमा इन्टरटेनमेन्ट सेक्सनमा गएर भोट अप्सनमा गई मिस नेपालको भोटिङ अप्सनमा गएर भोटिङ गर्न सकिन्छ । मिस नेपाल २०२४ का लागि खल्ती प्रयोगकर्ताले एक भोट सित्तैमा हाल्न पाउनेछन् ।

Adv

साथै केवाईसी भेरिफाई गरिएका खल्ती एपका प्रयोगकर्ताले अर्को एक भोट थप गरी दुई भोटसम्म निशुल्क हाल्न पाउने कम्पनीले जनाएको छ । मिस नेपाल २०२४ का लागि २६ जना प्रतिष्पर्धीमा सामाजिक एवम् मानवीय सेवा, म्याग्दी जिल्लाको कला, संस्कृति, भेषभुषा, रहनसहनको संरक्षण र पर्यटन प्रर्बधनका साथै जिल्लाको सुन्दरताको समेत मिन नेपालमार्फत प्रचारप्रसार गर्ने बताइन् ।

उनी पर्यटन तथा कला र संस्कृतिको जर्गेना गर्न सकेमा नेपालको अर्थतन्त्र बलियो हुने भन्दै दिएका अन्तरवार्ता धेरैले रुचाएका थिए । मिस नेपाल २०२४ मा उत्कृष्ट २६ भित्र परेपछि अस्ट्रेलियाबाट नेपाल फर्केकी शेर्बुजाले आफूलाई निरन्तर सहयोग प्रदान गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी छिन्।मिस नेपालको प्रतियोगिताबाटै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने जनाइएको छ ।

 

Leave a Reply