म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार पुजा तथा दर्शनका लागि आउने भक्तजनका लागि आवश्यक पर्ने सबै व्यवस्थापन भै सकेको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषले बिहान ५ बजे बाटै पुजाअर्चनाका लागि बन्दोबस्त मलिाएको अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘बिहान नित्यपुजा पछि भक्तजनका लागि पाँच बजे भन्दा पनि पहिलाबाट नै मन्दीर खुला हुनेछ ।’
मन्दीरका मुल पुजारी चन्द्रमणी आचार्यले सबै नित्य पुजा सकेर बिहान पाँच बजे भन्दा पनि अगाडी नै भक्तजनलाई मन्दिर दर्शनका लागि आवश्यक प्रवन्ध मिलाइने बताउनुभयो । उहाँले भन्नुभयो–गलेश्वरमा हुने नियमित पुजा पछि भक्तजनको पुजाका लागि मन्दिर खुल्ला गरीने र त्यो कार्यजति सक्यो चाँडो सकेर भक्तजनको सुविधाका लागि आवश्यक प्रवन्ध मिलाइने उहाँको तर्क थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरुका लागि शान्ति सुरक्षाको व्यवस्थापन चुस्त पारीने बताउनुभयो । मन्दिरको कम्पाण्ड भित्र तथा बाहिर पनि सुरक्षा घेरा चुस्त राखिने भएकाले निर्धक्क भएर दर्शन तथा पुजा अर्चनका लागि सर्वसाधारण आउने बातावरण बनाउनका लागि िप्रहरी तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
बाहिर बाट मन्दिरको मुल गेटबाट प्रवेश गरे पछि लामबद्ध भएर अगाडी बढेर गणेशको पुजा पछि शिवजीको पुजाका लागि आवश्यक प्रवन्ध मिलाइएको शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । उहाँका अनुसार शिवालयको कार्यालय नजिकै स्वास्थ्य हेल्पडेस्क राख्नुका साथै आवश्यक सूचना समन्वयका लागि पनि आवश्यक प्रवन्ध मिलाइएको छ ।
गलेश्वरमा साउनका हरेक सोमबार भक्तजनको घुइचो लाग्ने गर्दछ । गलेश्वर शिवालयमा साउनका सोमबार तथा महाशिवरात्री र बालाचतुर्दशीमा पनि भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

Leave a Reply