म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालित ४० दिने उद्यमशीलता सहायता कार्यक्रम बुधबार सकिएको छ। विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई उद्यमी बनाउने तालिममा १३ जना विद्यार्थीले आफ्नो ब्यवसायिक योजना प्रस्तुत गरेका थिए।

विश्वविद्यालय अनुदान आयोगले उद्यमशिलतासहायता परियोजना अन्तर्गत १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको परियोजनाका लागि नेपालभरका १८ वटा क्याम्पसमा छनौट भएको म्याग्दी बहुमुखीमा उद्यमशील बन्नका लागि छनौट भएका विद्यार्थीले तालिम अवधिभर उद्यमशिलता सम्बन्धि सैद्धान्तिक, अध्ययन अवलोकन भ्रमण, विषय विज्ञ र सफल उद्यमीहरूको अनुभवपछि बिजनेस प्रपोजल तयार गरेको परियोजना संयोजक रामजीप्रसाद सुबेदीले बताउनुभयो ।

Adv

बुधबार क्याम्पसको सभाहलमा आयोजित समापन कार्यक्रममा विद्यार्थीले तयार पारेको उद्योगको प्रकृति,लगानीको आधार र प्रतिफल सहित सम्रग विषयमा छलफल गरिएको थियो ।

क्याम्पस तहको पढाइपछि बैदेशिक यात्रामा जाने विद्यार्थीलाई स्वदेशमै उद्यमी बनाउने गरी सञ्चालन गरिएको उद्यमशिलता तालिमको सुरुवातमा ४२ जना विद्यार्थीको सहभागिता रहेकोमा समापनसम्म १३ जना विद्याथीले कन्सेप्ट पेपर तयार गरेको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो ।

‘उत्कृष्ट ५ परियोजनालाई छनोट गरी पठाउँछौ, यसपटकको तालिमले विद्यार्थीमा उत्साह थपिएको छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । ४० घण्टाको पाठ्यक्रममा आधारित उद्यमी बन्न आवश्यक पर्ने ज्ञान, सीप र उत्प्रेरणा सम्बन्धि स्थानीय तथा राष्ट्रियस्तरका सफल उद्यमी, विषय विज्ञहरूले सहजीकरणपछि विद्यार्थीले तयार गरेको ब्यवसायिक परियोजनामा टिम्बुर खेती, सुन्तला, मौरीपालन, ग्रामेन्ट उद्योग, ट्राउट माछा, नेपाली कागज, अल्लोको उद्योग, बंगुरपालन, बाख्रापालन, फुटसल लगायत छन्।

Adv

१३ जना विद्यार्थीको उत्पादन र सेवाहरुको बारेमा जानकारी, लगानीको पूर्ण जानकारी, लगायतका जानकारीहरु क्याम्पस, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिकाको प्रतिनिधिले छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि साउन १४ गते भित्र विश्वविद्यालय अनुदान आयोगमा पठाइने छ ।

देशभरका १८ क्याम्पसका ९० परियोजनामध्येमा छनौट भएमा ब्यवसायको प्रकृति हेरेर अनुदानका लागि छनौट गर्ने,किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्नसक्ने सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीको भनाई छ ।

परियोजना उत्कृष्ट भएमा एकै विद्यार्थीले ४० लाखसम्म पाउन सक्ने छन्। छनौट भएकाले यो रकम बिनाब्याज प्रयोग गर्न पाइने छ भने उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ।

तालिमको समापन कार्यक्रममा किम्स कलेज काठमाण्डौका सञ्चालक नरुत्तम अर्याल, उत्तम खड्का र कालिका बहुमुखी क्याम्पस पोखराका बसन्त बराललेव्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी लगायत विविध विषयमा सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply