छिमेकी मराङको बुल गाउँबाट साथीहरूसँग खेलेर फर्किएका म्याग्दीको धवलागिरी गाउँपालिका-५,मलम्पारका ४२ बर्षिय धनबहादुर छन्त्याललाई ३९ बर्षिय सोमबहादुर छन्त्यालले चिर्पट प्रहार गरी हत्या गरे ।सोमबहादुरले आफ्नै सहोदर दाई धनबहादुरलाई लगातार अनुहारमा प्रहार गरेका थिए।

श्रीमतिले छोडेर गएपछि एक्लै बस्दै आएका सोमबहादुरले विभिन्न बाहनामा दाईसँग पटकपटक झगडा गर्ने गरेका थिए । सामान्य विवादमा समेत आक्रमणमा उत्रिने भाईको स्वभावबाट धनबहादुर आजित थिए । मंगलबार भने भाई धनबहादुरले लगातार चिर्पट प्रहार गर्दा प्रतिकार गर्न नसकेपछि घटनास्थलमै ज्यान गएको थियो ।

अभियुक्त सोमबहादुरलाई बुधबार दरबाङबाट गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । चिर्पट प्रहारबाट दाईको हत्या गरेपछि फरार भएका सोमबहादुरलाई स्थानीयबासीले मंगलबार मध्यरातमा नियन्त्रणमा लिएका थिए । पक्राउ परेका सोमबहादुरलाई कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन रायमाझीले बताए । अभियुक्तलाई बिहिबार ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘दाई हल्ला गदैं आएका थिए मारिदिए’
मंगलबारको रात झमझम पानी परिरहेको थियो । रातको झण्डै साढे ११ बजेको सोमबहादुर छन्त्याल घर नजिकै थिए । एक्कासी सोही बेला  धनबहादुर होहल्ला गदैं आएको भन्दै सोमबहादुरसँग विवाद भएको थियो । विवादको क्रममा उनले प्रहार गरी आफ्नै दाईको हत्या गरे । दाई धनबहादुर चिच्याउदै बुर्लुङ्गै भुइमा ढले । अचेत अवस्थामा पनि पटकपटक  टाउकोमा प्रहार गरेका थिए ।

हत्या आरोपी सोमबहादुरले मैले मान्छे मारिदिए मैले दाइ मारिदिए भन्दै बर्बराउदै हिडेपछि घरवरीपरी हेर्दा धनबहादुरको शब भेटिएको थियो । स्थानीय यूवाको सक्रियतामा राती झुलिबाङ्ग भन्ने ठाउँबाट अभियुक्तलाई समातेर घरमा ल्याएर डोरीले बाँधेर राखेका थिए ।स्थानीयले आफ्नै दाईलाई हत्या किन गरेको भन्दा हल्ला गदैं आएकाले मारिदिएको प्रतिक्रिया दिएका थिए ।

स्थानीयले रातभरी निगरानी गरी बिहान ६ बजे प्रहरीलाई खवर गरी दिउँसो १२ बजे अभियुक्तलाई बुझाएका थिए । हत्या आरोपित सोमबहादुरका १२ बर्ष पहिला नै श्रीमतिसँग सम्बन्ध विच्छेद भएको थियो । अभियुक्तका ३ सन्तानलाई आमाले नै हेरिरहेकी छन् । अभियुक्त सोमबहादुरले पछिल्लो समय मदिरा सेवन गर्न छोडेपनी बेलाबोलमा मानसिक समस्या जस्तो देखिने ब्यवहार गर्ने गरेको स्थानीय बताउँछन् ।

धनबहादुरको श्रीमती र २ छोरी छन त्यो दिन पनि घरमा उनीहरुकाो बाबा आमा र धनबहादुरको श्रीमती र छोरिहरु थिए । यसरी आवेगमा आई दाजुको हत्य गरेपछि मलम्पार गाँउ शोकमा डुबेको छ । धनबहादुर गााउमा खेतीकिसानी गरेर परिवार पालिरहेका थिए । मृतकको घरको आर्थिक अवस्था सामान्य रहेको र घरधनीकै हत्या भएपछि परिवारको बिचल्ली भएको छ ।

Leave a Reply