डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ । आज बिहान सेमिफाइनलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि भिडन्त पक्का गरेको हो । अर्जेन्टिनाको लागि पहिलो गोल खेलको २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे ।

दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए । जारी प्रतियोगितामा मेस्सीको यो पहिलो गोल हो । यसअघि भेनेजुएलाविरुद्ध उनले पेनाल्टी मिस गरेका थिए । आजको खेलमा क्यानडाविरुद्ध मेस्सीले फर्नान्डेजको पासलाई एकाउन्नौं मिनेटमा गोलमा परिणत गरे ।

त्यसअघि २२औँ मिनेटमा जुलिएन अल्भारेजको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । भोलि बिहान सेमिफाइनलको दोस्रो खेलमा उरुग्वे र कोलम्बियाबीच प्रतिस्पर्धा हुने छ । उक्त खेल जित्ने टोलीले उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नुपर्ने छ ।

Leave a Reply