म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजनामा सम्पन्न भएको छैटौँ मोना भलिबलको उपाधि ग्रिन ब्वाइज भलिबल क्लब र महिलातर्फ मोना यूकेको पोल्टामा परेको छ । शनिबार भएको फाइनल खेलमा क्यूजीईलाई पराजित गर्दै ग्रिन ब्वाइज च्याम्पियन बनेको हो। ग्रिन ब्वाइजले उपाधिसहित १ हजार ७०० पाउन्ड र दोस्रो क्यूजीईले १ हजार १०० पाउन्ड प्राप्त गरेका छन् ।

महिलातर्फ मोना यूके प्रथम तथा विन्चेस्टर दोस्रो भए । प्रथमले १ हजार १०० पाउन्डसहित रनिङसिल्ड तथा पदक र दोस्रोले ७०० पाउन्ड प्राप्त गरे। पछिल्लो समय मोनाको महिला भलिबल यूकेका धेरै प्रतियोगितामा आफ्नो बचस्व कायम गरिरहेको छ ।

यसैगरी, भेट्रेनतर्फ लगातार तीन वर्ष विजयी हुँदै छन्त्याल समाज यूकेले रनिङसिल्ड जफत ग¥यो। यसका साथै उसले १ हजार पाउन्ड र दोस्रो बेजिङस्टोक भलिबल क्लबले ६०० पाउन्ड पाए । तीन विधामा सञ्चालन गरिएको प्रतियोगितामा कुल २८ टिमले सहभागिता जनाएका थिए ।

पुरुषतर्फ १६ टिम, महिलातर्फ सात र भेट्रेनतर्फ पाँच टिमको सहभागिता रहेको मोना यूकेका महासचिव विष्णु भण्डारीले बताए । उनका अनुसार प्रतियोगिताकै अवसरमा आयोजित छेलो हान्ने प्रतियोगितामा स्याङ्जाका निरज गुरुङ प्रथम भएका थिए । प्रतियोगिताका विजेतालाई सम्मान गद ैं प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले मोना यूके नेपाली संघसंस्थामा उत्कृष्ट रहेको बताए । उनले नेपाली बिचको एकता र सहकार्यका लागि मोनाबाट धेरै सिक्न सकिने बताए ।

मगर संघ यूकेका संरक्षक घन थापा, उनकी श्रीमती कृष्णा थापा तथा अतिथिहरूमा स्याङ्जा समाज यूकेका निवर्तमान अध्यक्ष शारदा गुरुङ, बागलुङ जिल्ला समाजका पूर्वअध्यक्ष छविमाया पुन र पर्वत वेलफेयर समाजका पूर्वअध्यक्ष नेत्र आले रहेका थिए । विशिष्ट व्यक्ति एनआरएनए पूर्वअध्यक्ष तथा मोना आईसीसीका अध्यक्ष योगेन क्षेत्री र पूर्वकाउन्सिलर प्रवेश केसी पनि उपस्थित थिए । कार्यक्रममा दोहोरी गीतको भाकामा कुमारी चेपाङ, दिपा गुरुङ, ललिता पुन र म्याग्दी देविस्थान फेलोसोपीका यूकेका अध्यक्ष याम पुर्जाले नौमती बाजाको तालमा गाएका थिए ।

कुल आठ वटा कोर्ट सञ्चालन भएकामा मोना यूकेभित्रका तीन गाउँले यूकेले कोर्ट १, देविस्थान फेलोसिपी समाजले कोर्ट २, खिबाग समाजले कोर्ट ३, राखु समाजले कोर्ट ४, बिम समाज यूकेले कोर्ट ५, मोना साउथले कोर्ट ६, बेगखोला कल्याणकारी समाजले कोर्ट ७ र धौलागीरी कल्याणकारी समाज यूकेले कोर्ट ८ सञ्चालन गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष लाल पुनले प्रतियोगिताको आरक्यू गरेका थिए । खेलको उद्घोषक अनिल मल्ल, मोना युथ सचिव अर्जुन पुन तथा स्पोन्सरको सम्मानमा संस्कृति सचिव नुनु पाईजाले गरेकी थिइन् ।

संस्थाको अध्यक्ष कुमार फगामी, भलिबल संयोजक तथा उपाध्यक्ष पदम गर्बूजा, महासचिव विष्णु भण्डारी, सचिव मनदिप जुग्जाली रहेका छन् । प्रतियोगिताको समापन गदैं मोना यूकेले आयोजना गरेको खेलकुद, शिक्षा, स्वास्थ्य लगायतका कार्यक्रमहरुमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई मोना यूकेका अध्यक्ष फगामीले धन्यवाद दिदैं आगामी दिनमा समेत सहकार्य गर्ने बताए । फोटो सौजन्य मिलन तमु गोर्खा मिडिया

 

Leave a Reply