भू-तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत र बेनी नगरपालिकाले किसानलाई ३० हजार निःशुल्क रुपमाडालेघाँसका विरुवा तयार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अन्तर्गत मंगलाघाटमा रहेको नर्सरीमा तयारी गरिएको बिरुवा किसानलाई वितरण गर्न सुरू गरिएको हो । ग्रामीण भागमा सडक निर्माण गर्ने कार्यले तीव्रता पाउँदा बढेको भूक्षय कम गर्ने र गाई, भैँसी तथा बाख्रापालनमा सहयोग पु¥याउने उद्देश्यले डालेघाँसको बिरुवा वितरण गर्न लागेको उनको भनाई छ ।

विभिन्न समुह, पशुपालक कृषक, सहकारी वा अन्य संघ संस्थाहरुले माग संख्याको आधारमा विरुवाहरु वितरण गरिएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए ।बेनी नगरपालिकाको आर्थिक सहयोगमा १५ हजार बिरुवा तयार गरिएको छ । नगरपालिकाको सिफारिसमा उक्त बिरुवा वितरण गरिने छ । म्याग्दीकोवाझो जमिनमा डालेघासँका रुपमा राईखन्यु,निमारो वढी मात्रामा लगाउने प्रचलन अनुसार माग वढि आउने भएको छ ।

डाले घाँसका विरुवा वितरण गर्दा पशुका लागि आहार हुने साथै डाले घाँसका विरुवा लगाउदा भु–क्षय न्यूनिकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने हुँदा कार्यालयले हरेका वर्ष डालेघाँसका विरुवा वितरण गर्दै आएको छ । म्याग्दीमा म्याग्दीमा बर्षेनी २५ लाख १५ हजार ७६० दशमलव २० टन माटाको नाश हुने गरेको अवस्थामा भु क्षय नियन्त्रणका लागि बर्षेनी ६० हजारभन्दा बडी बिरुवा माग हुने गरेको छ ।

 

Leave a Reply