स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ।  त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज त्यो रेकर्ड तोडिएको छ।

त्यस्तै चाँदीको मूल्य आइतबार तोलामा २० रुपैयाँ बढेको छ।

शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Leave a Reply