म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले तत्कालिन समयमा राज्य र बिद्रोही पक्षबाट ज्यान गुमाएका सहिदका परिवार र द्वन्द्व पीडितलाई सम्मान गरेको छ । शुक्रबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा सहिद परिवारका ९ जना र द्वन्द्व पीडित २६ जना लाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको छ ।

सहिद परिवार र पीडितलाई गाउँपालिका अध्यक्ष भरतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी र द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका महासचि सुरेन्द्र खत्रीले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममको अवसरमा आयोजित अन्तरक्रियामा ज्यान गुमाएका सहिद, हालसम्म पनि वेपत्ता पारिएका सदस्यहरु, घाइते तथा अपाङ्ग सदस्यललाई देशभर ने समस्या रहेको बताइएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले राज्य परिवर्तनमा बेपत्ता भएकाको योगदान रहेको बताउँदै उत्पादनमा आधारित कार्यक्रमहरुमार्फत प्रोत्साहन गर्ने बताए ।
सोही अवसरमा पीडितहरुले सरकारले शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपने माग गरेका थिए ।

अन्तरक्रियामा अब पीडितलाई छिट्टै न्याय दिने वातावरण बनाउन समेत अनुरोध गरिएको थियो । सोही अवसरमा सरकार र राजनीतिक दलहरुलाई जवाफदेही बनाउन द्वन्द्व पीडितहरु एकजुट हुनुपर्ने सञ्जालका महासचिव सुरेन्द्र खत्रीको भनाई छ । सञ्जालकी प्रतिनिधि सुजता खत्रीले प्रस्त्ुतीकरण गरेको कार्यक्रममा अध्यक्ष पुनले सहिदका परिवार र द्वन्द्व पीडितका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए ।

Leave a Reply