लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को प्रतिस्पर्धामा रहेकी म्याग्दीकी ललिता शेर्बुजालाई भोटिङ प्रक्रियाबाट जिताउन अपिल गरिएको छ । मिस नेपालको आयोजक संस्था हिडन ट्रेजर नेपालले मिस नेपाल २०२४ का लागि शेर्बुजालाई भोट हाल्नका लागि उनको भोटिङ कोड १५ रहेको छ ।

भोटिङका लागि डिजिटल वालेट खल्ती डाउनलोड गर्नुपर्नेछ । खल्ती एपमा इन्टरटेनमेन्ट सेक्सनमा गएर भोट अप्सनमा गई मिस नेपालको भोटिङ अप्सनमा गएर भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ । मिस नेपाल २०२४ का लागि खल्ती प्रयोगकर्ताले एक भोट सित्तैमा हाल्न पाउनेछन् । साथै केवाईसी भेरिफाई गरिएका खल्ती एपका प्रयोगकर्ताले अर्को एक भोट थप गरी दुई भोटसम्म निशुल्क हाल्न पाउने कम्पनीले जनाएको छ ।

मिस नेपाल २०२४ का लागि २६ जना प्रतिष्पर्धी रहेका छन् । मिस नेपाल २०२४ मा उत्कृष्ट २६ भित्र परेकी अस्ट्रेलियाबाट नेपाल फर्केकी हुन् । म्याग्दी जिल्लाको कला, संस्कृति, भेषभुषा, रहनसहनको संरक्षण र प्रर्बधनका साथै जिल्लाको सुन्दरताको समेत मिन नेपालमार्फत प्रचारप्रसार गर्ने बताइन् ।

उनले स्वदेश तथा विदेशबाट सहयोग गरिदिन समेत अपिल गरेकी छन् । उनले प्रतियोगितामा हालसम्मको प्रस्तिपर्धा सन्तोषजनक रहेको बताएकी छन् । मिस नेपालको प्रतियोगिताबाटै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ । ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने जनाइएको छ ।

Leave a Reply