म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा छैटौं मोना भलिबल प्रतियोगिता हुने भएको छ । यूकेमा पुरुष र महिलातर्फको भलिबलमा बचस्व कायम गदैं आएको मोनाको आयोजनामा यही जुलाई ६ तारिकमा पुरुष तथा महिला र भेटेरान्स भलिबल हुने भएको हो । यूकेमा रहेका म्याग्देलीको साझा संस्था मोनाले भलिबल सहित छेलो प्रतियोगिताको समेत आयोजना गरेको मोना यूकेका महासचिव बिष्णु भण्डारीले बताए ।

‘भलिबलको तयारी तिब्र पारिएको छ, यसपटक भब्य उपस्थितीमा भलिबल सम्पन्न गर्नेछौ’ महासचिव भण्डारीले भने । उनका अनुसार प्रतियोगिता सहित सांगीतिक इभेन्ट समेत हुने छ । प्रतियोगिताको आर्थिक तथा प्रचारप्रसार लगायतका तयारीलाई अन्तिम चरणमा पु¥याइएको महासचिव भण्डारीको भनाई छ ।

पुरुषतर्फ विजेताले १७ सय र उपविजेताले ११ सय, महिलातर्फ विजेताले ११ सय र उपविजेताले ७ सय पाउण्ड पुरस्कार प्राप्त गरे । यस्तै, भेटेरान्सतर्फ विजेताले १ हजार र उपविजेताले ६ सय प्राप्त गर्नेछन् भने ठेलो प्रतियोगितामा विजेतालाई १ सय ५० पुरस्कारको ब्यवस्था गरिएको उपाध्यक्ष पदम गर्बुजाले जानकारी दिए ।

मोनाको पाँचौं प्रतियोगिताालाई जस्तै भब्य, सभ्य बनाउन सबै नेपाली संघसंस्थालाई सहयोगको अनुरोध गरिएको अध्यक्ष कुमार फगामीले बताए । प्रतियोगितबाट संकलन भएको आर्थिक मोनाको संस्थागत विकास सहित विभिन्न रचनात्मक कार्यहरुमा खर्च गरिने छ । मोनाको पाँचौ प्रतियोगितामा अल्डरसट भलिबल क्लब युकेले पुरुषतर्फको उपाधि जितेको थियो भने महिलातर्फ पर्वतको सालिजा र भेटेरान्सतर्फ छन्त्याल एसोसिएसन युके विजयी भएको थियो ।

Leave a Reply