नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु म्याग्दीले जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा मंगला गाउँपालिका-२, मा बृक्षारोपण गरेको छ । ‘रुख रोपौ वातावरण संरक्षण गरौ’ भन्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, अखिल नेपाल महिला संगठनकी अध्यक्ष यसुदा रोकाको उपस्थिीतिमा विभिन्न प्रजातिका १ सय बिरुवा लगाइएको अखिलका सचिव खुम किसानले जानकारी दिए ।

बावियाचौर भर्जुला जोड्ने सडकखण्ड अन्तरगत आसपासका क्षेत्रमा बृक्षारोपण गरिएको उनले बताए । उक्त कार्यक्रममा अखिल म्याग्दीका अध्यक्ष मिलन खत्री, स्वतन्त्र विद्यार्थी यूनियन मंगला शिक्षा क्याम्पसकी स्ववियू सभापति भिममायाँ रोका लगायतको उपस्थिती रहेको थियो ।

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर नेकपा एमाले म्याग्दीले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ‘मदनका विचार र सन्देशहरु आम नागरिकहरुका लागि प्रवाह गर्न जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम गरी मनाउने एमालेले जनाएको छ ।

Leave a Reply