यूरोपेली मुलुक डेनमार्कमा रहेका म्याग्देली संगठित भएका छन् । आईतबार भएको म्याग्देलीको भेलाबाट राजन थापाको नेतृत्वमा म्याग्दी प्रवासी नेपाली संघको (मोना) गठन भएको छ।कार्यसमितिको उपाध्यक्षमा उषा पुर्जा, मिलन केसी, सचिवमा सन्तोष भण्डारी, सहसचिवमा मुकुन्द सुवेदी र कोषाध्यक्षमा दिलिप जुग्जाली चयन भएका छन् । सदस्यहरुमा पदम शर्मा, संचय कार्की, झलककुमारी पाईजा, लक्ष्मण गर्वुजा, ओमकार केसी, धनबहादुर पुन, रविन तिलिजा, निशान भण्डारी, नुलबहादुर गवुर्जा पुन रहेका छन् ।

गठन भएको कार्यसमितिको संरक्षकमा कृष्ण पौडेल र सल्लाहकारमा चित्र पुर्जा रहेका छन् । रोजगार, शिक्षा, ब्यापार लगायत विभिन्न सिलसिलामा डेनमार्क पुगेका म्याग्देलीलाई मोनामा आवद्ध हुन अपिल सहित समस्यामा परेकालाई सहजीकरण तथा जिल्लामा सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय हुने मोना डेनमार्कले जनाएको छ । मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले डेनमार्कमा रहेका म्याग्देलीलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना दिएका छन् । उनले विश्वभर म्याग्देली रहेका देशमा मोनाको सञ्जाल विस्तारलाई समेत तिब्रता दिने बताए ।

Leave a Reply