अहिले विश्वभर प्रश्न गरिन्छ- आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक सफल आरोहण गर्ने आरोही को हुन् ?
बिना अक्सिजन आठ हजार मिटर अग्ला १३ वटा हिमाल चढ्ने आरोही को हुन् ?
अग्ला हिमालमा सहजै पुग्न आरोही को हुन ?

यो तीन वटै प्रश्नको जवाफ हुन्– निर्मल पूर्जा ‘निम्स दाई’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा जन्मिएका ‘निम्स दाई’ ले हिमाल आरोहणमा विश्वभर दुर्लभ किर्तिमानी कायम मात्रै गरेका छैनन् । विज्ञानलाई समेत चुनौती दिएका छन् । सामान्यतः मान्छे ४ हजार मिटरको उचाईमा पुग्दा अक्सिजनको अभावका कारण ज्यानकै जोखिम मोल्नुपर्ने अवस्थामा निर्मल पूर्जाले भने आठ हजार मिटरमाथि कृत्रिम अक्सिजनबिना आरोहण गरेर विश्वलाई नै आर्चय चकित पारेका छन् ।

पछिल्लो एकदशक यता ८ हजारमिटर अग्ला हिमालमा पटक पटक बिना अक्सिजन नै आरोह गरेर हिमालका लागि हिरो र कुदाईमा हिउँचितुवा साबित गराउन सफल भएका निर्मल पूर्जालाई अहिले हिमाल घरकै भ¥याङको खुड्किलो उक्लिएजस्तै भएको छ ।

विश्वका अग्ला हिमाल आरोहणको सुरुवात अर्थात पोजेक्ट पोसिबलमा जन्मभूमिा पर्ने नारच्याङको अन्नपूर्ण प्रथमबाट सुरु गरी दोस्रो आरोहण म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) मा गरेका थिए ।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए।

पूर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् । जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानी समेत कायम गरेका छन् ।

केटुलाई किलर अर्थात मृत्यु खोज्ने हिमाल समेत भनेर चिनिन्छ, यो हिमालमा निर्मलको टिमले धेरै आरोहीको यात्रालाई सहज मात्रै बनाएका छैनन् । आफ्नै खर्चमा मृत्युवरण गरेका आरोही र घाईते अवस्थामा समेत हेलिकप्टरमा उद्धार गरी परिवारको जिम्मा लगाएका छन् ।

निर्मल पूर्जा आरोही मात्रै होइनन् भन्ने उनले गरेका मानवीय उद्धारका धेरै कामले छर्लङै हुन्छ । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका पूर्जाले बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए।

क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।

अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । नेपाल, बेलायत सहित विश्वका धेरै देशबाट प्रतिष्ठित सम्मान प्राप्त गरेका पूर्जालाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा किर्तिमय राष्ट्रदिप पदकबाट विभुषित समेत भएका थिए ।

आरोहण सफलताको स्वाद मात्रै चाखेनन्, दुःखका पहाड पनि उक्लिएका पूर्जाले हिमाल चढ्नु मृत्युको बाटो अँगाल्नु जस्तै भएपनि अहिले तथ्यहिन र हिमाल यात्रालाई रोक्न विदेशी मिडियाको प्रयोगबाट भइरहेको आक्रमणको प्रयासबाट बिचलित भएका छैनन् । हिमालको हिउँचितुवा हिमाल उक्लिदा र पाहिलैपिच्छे पाइरहेको सफलतामा जघन्य आरोपहरू, चरित्रहत्या गर्ने दूषित मनसायलाई हिमाल आरोहणको क्रममा मानवीय सेवामा पूर्जाका गतिविधि छर्लङ छ ।

इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट सहित आफ्ना नाफामुलक कम्पनीबाट आर्जन गरेको केही हिस्सा हिमाल आरोहणको क्रममा जाने भरियालाई बस्ने बासस्थान, बाढीपहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाई सहयोगसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा अवस्थित ज्ञानप्रकाश माविका शैक्षिक विकास तथा विद्यार्थीको प्रोत्साहनका लागि ४० लाखको अक्षय कोष समेत स्थापना गरेका छन् । अक्षयकोषबाट कक्षा १२ मा प्रथम हुनेलाई १ लाख एसइईमा विद्यालय प्रथम हुनेलाई ८० हजार र कक्षा ८ मा प्रथम हुने विद्यार्थीलाई नगद ५० हजार सहित स्थानीय विद्यालयको भौतिक र शैक्षिक विकासमा समेत सहयोग गर्ने गरिएको छ ।

‘निम्स दाइ’ फर एजुकेशनका संस्थापक आरोही पूर्जाले आफ्ना कम्पनीको आम्दानीबाट शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सहयोग भइरहेको छ । अन्त्यमा एउटा उखानै छ, दुस्मन बिनाको जीवन भनेको घामबिनको धर्तीजस्तै हो । धर्तीलाई निरन्तर आगोको तातो दिने घाम नै धर्तीमा जीवनको स्रोत हो । दुस्मनहरु जहाँतहाँ भेटिइन्छन् तिनिहरुलाई परास्त गर्न गोली भरिएको हतियार आवश्यक पदैंन इमान्दारिता, मेहनत, धैर्यता, नैतिकता अनुशासन र अध्यनशीलता नै प्रयाप्त हुन्छ ।

Leave a Reply