लागुपदार्थ दुर्वयसन चुनौतीको रूपमा अघि बढिरहेको म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग तथा जिवन बाटिका नेपालको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको ब्यवस्थापनमा आयोजित कार्यत्र,ममा लागुपदार्थको दुब्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको बताइएको थियो ।

कार्यक्रमका उद्घाटन गनैं बेनी नगरपालिकाका मेयर सुरत केसीले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सबैको दायित्व भएको बताउनुभयो ।

लागुऔषध दुब्र्यसनीलाई कम गर्न सरोकारवाला निकायसँगै अभिभावक समेत संवेदनशील रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले युवा पुस्ताको भविष्य सुन्दर बनाउन दुर्वयसनीमा फसेका युवालाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले मन्तब्य राख्नुभएको थियो । मानसिक स्वास्थ्य,तनाव व्यवस्थापन र यूवामा दुर्व्यसन र विस्कृतिलाई निरुत्साहीत गर्न सचेतना एवम परामर्श कार्यक्रमको अध्यक्षता तथा स्वागत म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, सहजीकरण जीवन बाटिका नेपालका अध्यक्षसमिर गुरुड.,कार्यक्रम संयोजक उमाप्रधान गुरुडर नविन आर्यालले गर्नु भएको ।

कार्यक्रममा माविका बिद्यार्थी,यूवा कल्व,आमा समुह,संघ संस्थाका प्रतिनिधि,सुरक्षाकर्मी,उद्योगी व्यवसायी आदीको सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन द्धितिय उपाध्याय–अमित बानियाँ र धन्यवाद सहित समापन–प्रथम उपाध्यक्ष लिलाराम गौतमले गर्नुभएको थियो ।

Leave a Reply