गण्डकी प्रदेशस्तरीय यू–१९ महिला तथा पुरुष भलिबल खेलाडीहरुको छनौट प्रतियोगितामा म्याग्दी प्रथम भएको छ । नेपालमा नै पहिलो पटक आयोजना हुन लागेको राष्ट्रियस्तरको महिला तथा पुरुष यू–१९ भलिबल प्रतियोगिताका लागि आयोजित छनौट खेलमा कास्कीलाई पराजित गदैं उपाधी जितेको हो ।

पहिलो सेट १८–२५ ले पराजित भएको म्याग्दीले दोस्रो सेटमा कास्कीलाई अन्तिम अंकमा रोक्दै २४–२६ ले म्याग्दीले हात पारेको थियो । अन्तिम सेटमा १२–१५ ले म्याग्दी विजय भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । सेमिफाइनलमा महिलातर्फ म्याग्दीले बागलुङलाई पराजित गरेको थियो । त्यस्तै पुरुषतर्फ म्याग्दी बागलुङसँग क्वाटरफाइनदबाटै बाहिरिएको थियो ।

म्याग्दीबाट महिलातर्फ रिक्जना बोटे, समिक्षा थापा, सुजता पुन, भावना छन्त्याल, कमला पाईजा,नरदेवी छन्त्याल,यामुना पाईजा र यन्जी पुन र सुरक्षा तिलिजा र सजिना बुढाथोकीको सहभागिता रहेको थियो भने म्याग्दी जिल्ला का भलिबल संघ का अध्यक्ष बानियाँ, महासचिब कुमार किसान, सचिवालय सदस्य मलिन रोकाको उपस्थिती रहेको थियो । राष्ट्रिय खेल भलिबललाई उमेर समुहबाटै बलियो बनाउने गरी सहाना प्रधान स्मृति प्रतिष्ठानको आयोजना र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा यहि असरा ९ गते देखि १६ गते सम्म काठमाण्डौमा ‘यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिता’ सञ्चालन हुने छ ।

प्रतियोगितामा विजेता टिम महिला र पुरुषतर्फ समान नगद ३ लाख, उपविजेताले २ र तेस्रो हुने टिमले नगद रु १ लाख प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने खेलाडीले जनही रु २५–२५ हजार र विद्यागतरुपमा उत्कृष्ट हुनेले जनही रु १०–१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply