गर्भवती अवस्थामा विगत ६ महिनादेखि बेपत्ता बेनी नगरपालिका-९,तोरीपानीकी १९ बर्षिया मिना परियारका परिवारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर दोषीलाई कारवाहीको माग गरेका छन् ।

लामो समयसम्म अत्तोपत्तो नभएपछि बाध्य भएर काठमाण्डौसम्म आएको बताउँदै बेपत्ता मिनाकी भाउजु कमला बर्देवा नेपालीले गृहमन्त्री लामिछानेसँग भेटेपछि न्यायका लागि पुनः अगाडि बढ्ने र छिट्टै सत्यतथ्य बाहिर आउनेआशा पलाएको बताएकी छन् । ‘घरबाटै बेपत्ता भएको धेरै दिनभइसक्यो, घटनाका प्रमाणहरूको खोजीका लागि समेत तत्काल निर्देशन दिने बताउनुभएको छ’ कमलाले भनिन् ।

उनले यसअगाडी राज्यब्यवस्था समितिका सभापति रामहरी खतिवडा, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतका निकायमा समेत पुगेर घरबाटै बेपत्ता भएको र प्रयाप्त प्रमाण हुदाँ समेत अहिलेसम्म मिनाको अवस्था अज्ञात रहेकाले खोजीकार्यमा सहयोग गर्न अनुरोध गरेको मिना परियार खोजी अभियानले जनाएको छ ।

म्याग्दीमा भइरहेको खोजीकार्यलाई बेवास्ता नगरी केन्द्रिय टोलीबाट थप अनुसन्धानमा आधुनिक प्रविधि सहितको प्रयोगमा जोड दिइएको पीडित परिवारको भनाई छ । गृहमन्त्री लामिछानेसँग बेपत्ता मिनाकी भाउजु कमलाले भनिन्,‘गर्भवती भएकै कारण बेपत्ता बनाइएको छ, न्याय माग्दामाग्दै ६ महिना बित्यो ।’

पीडित परिवारको पीडा सुनेपछि गृहमन्त्री लामिाछानले अनुसन्धानमा कुनै पनि कमी हुन नदिने आश्वासन दिएका थिए । बि.स २०८० साल पुस १६ गते राती घरबाटै बेपत्ता भएकी परियारको अहिलेसम्म अत्तोपत्तो छैन ।बेपत्ता भएको दिनको ११ बजेसम्म स्थानीय यूवा राम खत्रीसँगै रहेको तथ्य फेला परेपनि त्यस बाहेक छोरी कहाँ र कुन अवस्था छिन् भन्ने बारेमा परियार दम्पत्ती बेखवर छन् ।

छोरीसँग प्रेम सम्बन्धमा रहेको प्रमाणसहित प्रहरीमा उजुरी गरेपछि पक्राउ परेका स्थानीय यूवा खत्रीलाई जिल्ला अदालतले पुर्पक्षका कारागार चलान गरेको अवस्थामा पनि जिवित वा मृत्यु भएको बारेमा केही पत्ता नलागेपछि अहिले पीडित परिवार न्यायको खोजीमा भौतारिरहेका छन् ।

बेपत्ता परियार र अभियुक्त खत्री बिच सामाजिक सञ्जालमा भएको कुराकानी, ६ महिनाको गर्भ रहेको, भागेर भारत जाने, खेत जोत्ने बेलामा भएको चिनजान,आफ्नो शाररीक सम्बन्ध भएको र चिनजानका बारेमा खुलेपनि बेपत्ता गराएको भन्ने अभियुक्त खत्रीले स्वीकार गरेका छैनन् ।

अभियुक्त खत्रीलाई मुलुकी अपराध संहिता २०७४ दफा २०७ को उपदफा १ बमोजिम बेपत्ता पार्ने काम गर्ने मुख्य कसुरदारलाई १५ बर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना भई पिडित पक्षलाई क्षतीपूर्तीको माग गरिएको छ । बेपत्ता मिनाको मोवाइलको अन्तिम लोकेशन उत्तरी म्याग्दीको बैसरी आसपासका क्षेत्रमा देखिएको थियो ।

 

Leave a Reply