म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीमा विद्यार्थीको ब्लड गुप्र पहिचान शिविर सञ्चालन गरिएको छ । विद्यार्थीलाई रक्तदानको महत्व सहित गुप्र पहिचान किन आवश्यक छ भन्ने जानकारी सहित आयोजित शिविरमा २ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

बेनी अस्पतालका स्वास्थ्यकर्मी सहितको टोलीले ब्लड गुप्रको पहिचान गरी विद्यार्थीलाई उपलब्ध् गराएको प्रिन्सिपल दिपक सुबेदीले जानकारी दिए ।

‘विद्यार्थीको ब्लड गुप्र पहिचान आवश्यक थियो,हामीले सोही अवसरमा रक्तदान दिदाँ अपनाउनुपर्ने तयारीका बारेमा समेत जानकारी गराएका छौ’प्रिन्सिपल सुबेदीले भने ।

विद्यालयमा आयोजित शिविरमा शिक्षक र कर्मचारीको समेत ब्लड गुप्र पहिचान गरिएको थियो । शिविरमा विद्यालयका संस्थापका बालकृष्ण सुबेदी,अतिरिक्त क्रियाकलाप संयोजक रामप्रसाद सुबेदी, प्राज्ञिक सल्लाहकार प्रेम जिसी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply