विश्वभर पर्वतारोहणको क्षेत्रमा दुर्लभ किर्तिमानी कायम गरेका पर्वतारोही निर्मल पुर्जामाथि सदनमा अनावश्यक टिकाटिप्पणी भइरहेको भन्दै सांसदले नै बिरोध गर्न थालेका छन् । केही दिन अगाडी नेपाली कांग्रेसका राजेन्द्र बजगाईले पूर्जालाई विदेशी नागरिक भन्दै अमेरिकाको एक पत्रिकाको समाचारका आधारमा हिमाल आरोहणमा प्रतिबन्ध लगाउनुपर्ने मागको चौतर्फी बिरोध भइरहेको छ ।

नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै विश्वभरका पर्वतारोहीलाई नेपालमा भित्राउन योगदान दिने नेपाली यूवालाई हतोत्साहि बनाउने टिप्पणी नगर्न माग गरिन् ।

सांसदमा हल्लाको भरमा अनावश्यक विषयमा, पत्रपत्रिकामा आएकै न्युजका भरमा देशको गहनामाथि नियतवश, अनावश्यक विषयमा विवादमा तान्न खोजिएको छ, यसलाई रोक्न माग गरेको सांसद कुसारीको भनाई छ । उनले सम्बोधनका क्रममा पुर्जालाई विश्व रेकर्ड राखेका, राष्ट्रलाई दुनियाँ सामु चिनाउन सफल, कुशल पर्वतारोही भन्दै चिनाएकी थिइन् ।

सांसदहरूले पुर्जाको विषयमा टिकाटिप्पणी राखेको भन्दै ‘देशलाई विश्वमा चिनाउन सफल निर्मल पुर्जा विरुद्ध अनावश्यक टिकाटिप्पणी गर्न कसैलाई छुट’ नभएको बताइन् । पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लागिरहेको छ ।

उनको नागरिकताको विषयमा पनि विवाद उठेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा जन्मिएका पूर्जाले जिल्ला प्रशासन कार्यालयबाट एनआरएनए नागरिकता लिएका छन् ।

उनले तत्कालिन प्रजिअ तुलसीराम पौडेलबाट म्याग्दीबाट तेस्रो नम्बरमा नागरिकता लिएका हुन् । विश्वभर पर्वतारोहणको क्षेत्रमा पूर्जाको लोकप्रियता चुलिएको छ ।

उनले आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक सफल आरोहण गरेका छन् भने कृत्रिम अक्सिजन बिना आठ हजार मिटर अग्ला १३ वटा हिमाल समेत आरोहण गरेका छन् । एक हिमाल बाँकी रहदाँ निर्मललाई विवादतमा तान्ने प्रयास गरिएको उनी निकट बताउँछन् । निर्मलका पर्वतारोहणका रेकर्ड तोड्न अहिले चर्को प्रतिस्पर्धा भइरहेको छ ।

 

Leave a Reply