म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा गाउँपालिकास्तरीय फोहोर व्यवस्थापन तथा पुनः प्रयोगसम्बन्धी तीनदिने तालिम सकिएको छ । मंगला गाउँपालिकाको आयोजनामा सञ्चालित तालिममा नकुहिने तथा कुहिने फोहोरको बर्गिकरण, फोहोरबाट मोहोर बनाउने उपाय, पलाष्टिकजन्य फोहोरबाट बनाउन सकिने हस्तकलाका साम्रागीका बारेमा सहभागीलाई प्रयोगात्मक अभ्यास सहित तालिम सञ्चालन गरिएको थियो ।

मंगला गाउँपालिका अन्तर्गत कुहुँ, बाबियाचौर, बराङ्जा र अर्मनसहित पाँचवटै वडाका सहभागीलाई प्रशिक्षक श्रीरेन्द्रप्रकाश पोखरेलले फोहोरबाट मोहोर, विकारबाट आकार र पिसाबबाट हिसाब निकाल्न सकिने भन्दै फोहोरबाट मनग्गे आम्दानी हुने विधिका बारेमा समेत सिकाएका थिए । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले फोहोरबाट मोहोर बनाउने उद्देश्यसहित तालिमको आयोजना गरिएको बताए ।

तालिलमा पानीका बोटल ,चाउचाउ,बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लास्टिकबाट मुढा,फुलदानी ,फुल ,डोरी ,माला ,गमला लगायत घरायसी सजावटका सामग्री बनाउन सिकाइएकोगाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताए । फोहोरबाट मनग्गे आम्दानी हुने भएकाले तालिम उपलब्धीमुलक भएको सहभागी मंगला माविका विद्यार्थी कस्तुप गिरीको भनाई छ । तालिममा मंगला गाउँपालिका अन्तर्गत कुहुँ, बाबियाचौर, बराङ्जा र अर्मनसहित पाँचवटै वडाबाट महिला ,विद्यार्थी र शिक्षकहरु सहित टोलविकास संस्थाका प्रतिनिधि सहित ६० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply