पशुपन्छी सम्बन्धी कसुरमा संलग्न भई फरार दुई जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिका-६ दुखुबेसी बस्ने प्रकाश सुनार र धर्मे रोकालाई खटिएको टोलीले पक्राउ गरेको म्याग्दीका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी राजन रायमाझीले बताए ।

अभियुक्तद्धय सुनार र रोकालाई गोरु मारेको मुद्धामा २ महिना १३ दिन कैद सजाय ठहर गरिएको थियो । उक्त घटनामा संलग्न भई फरारको सूचीमा रहेका थिए । पक्राउपछि अभियुक्तलाई जिल्ला अदालत म्याग्दको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply