को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीको आयोजना र राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको प्राविधिक सहयोगमा बिहिबार सदरमुकाम बेनीमा एक दिने तालिम सञ्चालन गरिएको छ । सहकारी संस्थाका व्यवस्थापकहरूका लागि सम्पत्ती तथा दायित्व व्यवस्थापन एवम् ऋण असुली प्रक्रिया सम्बन्धी तालिममा म्याग्दी र पर्वतको जलजला गाउँपालिका २९ जनाको सहभागिता रहेको छ ।

तालिमको सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सीनाले सहजीकरण तथा उद्घाटन गदैं सहकारीको सफलता कर्मचारीको कार्यसम्पादनमा निर्भर रहने बताउनुभयो । तालिममा सञ्चालित सहकारीका व्यवस्थापक एवम् लेखा र ऋण हेर्ने कर्मचारीहरूको सहभागिता रहेको छ ।

तालिममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी लगायतको उपस्थिती रहेको छ । तालिमको अध्यक्षता को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, स्वागत उपाध्यक्ष नेत्रराज सुबेदी र सचिव तेजकुमारी बानियाँले संचालनमा उद्घाटनमा सम्पन्न भएको थियो । म्याग्दीमा सहकारीका प्रबन्धक आवद्ध रहेको क्लवले कर्मचारी, सञ्चालक समितिको क्षमता विकाससँगै विभिन्न सहकारीमैत्री गतिविधि सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply