विश्वको किर्तीमानी पर्वतारोही निर्मल पुर्जाले आफुलाई षड्यन्त्र पुर्बक बिबादमा पारिएको र लगाइएको आरोपहरु झुट्टो भएको बताएका छन् । एक पछी अर्को भ्रम फैलाएर नियोजित रुपमा नै बदनाम गर्न खोजिएको प्रति उनले दुख व्यक्त गरेका हुन् ।

हिमाल आरोहणको क्षेत्रमा बेथितिका चाङ्ग छन् । त्यसैले निर्मल पुर्जाले देखिएका चुनौती र समस्याबारे आफ्नो सोसल मिडियामा खुलेरै राख्ने गर्छन् । त्यहीँ क्रममा उनले पछिल्लो समय बाल्कोनी र साउथ समिटबीचको आरोहणको क्रममा चाहिने डोरी काटिएको बिषय राखेका थिए ।

निर्मल पुर्जाले आफ्नो सामाजिक संजाल मार्फत एउटा भिडियो सार्बजनिक गरेका थिए। जसमा पर्यटन व्यवसायी आङबाबु शेर्पाले वकिटकी मार्फत् सगरमाथाको बाल्कोनी र साउथ समिट बीचको डोरी काटिएको र त्यहाँबाट आफ्नो टोलीले संकलन गर्नुपर्ने शब संकलन नगरी फर्किन बाध्य भएको भिडियो मै सुन्न सकिन्छ ।

तर यो भिडियो सार्बजनिक भएपछी पर्यटन विभागले जेठ १४ गते एक विज्ञप्ति जारी गर्दै डोरी काटिएको सत्य नभएको भन्दै समिती नै बनाएर छानविन शुरु गर्यो ।

गत केही सातादेखि निर्मल पुर्जा विरुद्ध एक पछी अर्को आरोपका समाचारहरु आइरहेका छन् । नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएका निर्मल पुर्जालाई नेपाल नै आउन दिन नहुने कांग्रेश सांसद राजेन्द्र बजगाईले संसदमै अभिव्यक्ति दिए। तर यो अभिव्यक्तिको पछाडीको कारण अर्कै रहेको देखिन्छ।

सांसद बजगाईको होटल व्यवसाय छ । केही समय अगाडी आफ्नो होटलमा पर्यटकहरु राख्दिन र आफ्नो व्यवसायमा सहयोग गर्न सांसद बजगाईले निर्मल पुर्जासंग आग्रह गरेका थिए । तर पुर्जाले उनको प्रस्ताव अस्वीकार गरे ।

सांसद बजगाईले एक अन्तरास्ट्रिय पत्रिकामा आएको समाचारलाई बिषय बनाएका थिए । तर निर्मल पुर्जाले महिला आरोहीद्वारा लगाइएको आरोप अस्विकार गर्दै यस विषयमा सत्य तथ्य बाहिर आउने आउने भन्दै कानुनी हिसाबले नै अघी बढिसकेको बताएका छन् । पर्वतारोहण क्षेत्रमा गैर शेर्पा त्यसमाथी हिमाल चढ्न नेपाल आउने विश्वभरका अधिकांश बिशिस्ट ब्यक्तिहरु निर्मल पुर्जा मार्फत नै नेपाल आउने गर्छन् । उनलाई एक पछी अर्को आरोप लाग्ने शिलशिला रोकिएको छैन ।

प्रख्यात पर्वतारोहि निम्स दाई अर्थात् निर्मल पुर्जाले सरकारको अनुमतीविना आफ्ना ग्राहकलाई सगरमाथा क्षेत्रको आरोहणको लागि लगेको आरोप पनि लागेको छ । यस बिषयमा उनि भन्छन् `अनुमति बिना बिदेशीलाई हिमाल चढ्न लैजाने सम्भव नै छैन ´ र त्यस्त्यो गरिएको पनि छैन।´´ अनुमति लिएर नै पर्यटक लागेको प्रमाण नै आफुसंग भएको उनले बताए । यस्ता अनेक आरोप र षडयन्त्रले आफुलाई यस क्षेत्रबाट अलग्याउन खोजिएको उनी बताउछन् ।

Nirmal ‘Mims’ Purja on top of Mt Dhaulagiri. Courtesy: Project Possible

आफुले आफ्नो मेहेनत र परिश्रमले देशलाई विश्व सामु चिनाउन प्रयास गरिरहँदा आफुमाथीको यो प्रहारले दुखी भएको उनी बताउछन् । निर्मल पुर्जा अर्थात `निम्सदाई´ एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्। उनले ७ महिनाभन्दा कम अवधिमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् ।

निर्मल पुर्जा यी सबै हिमाल चढ्ने नेपालीहरूमा पाँचौँ र गैरसेर्पा नेपालीमा पहिलो हुन् । १६ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष उनले पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए ।

१२ वर्षको छोटो अवधिमा ४४ पटक विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौं रेकर्ड बनाएका छन् । ब्रिटिश गोर्खा पल्टनमा हुँदाहुँदै सगरमाथा चढेपछी जागीर छाडेर ‘फूलटाइम क्लाइम्बर’ बनेका पुर्जाले आफ्नो जीवन नै हिमाल आरोहणमै समर्पण गर्ने सोच बनाएका छन् ।

म्याग्दीको दाना गाउँमा जन्मिएका पुर्जा सानै हुँदा परिवार चितवन सर्यो। गाउँमै हुर्किएका पुर्जा सानै देखि निडर स्वभावका र हरेक चुनौतीसँग लड्न तयार हुने ब्यक्ति हुन् । ब्रिटिश सेनाको सबैभन्दा एलिट कमान्डो दस्ता ‘स्पेशल बोट सर्भिस’सम्म पुग्ने उनी पहिलो नेपाली गोर्खा हुन् ।

Leave a Reply