स्वर्गीय माताको स्मृतिमा संघसंस्था र विद्यालयमा १ सय थान पुस्तक सहयोग गरेका छन् । मंगला गाउँपालिका वडा नं. १, भर्जुला हाल अष्ट्रेलियामा रहेकी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट्रेलियाको आर्थिक सहयोगमा उक्त सहयोग गरिएको हो । स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा. महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका ५० विद्यालय, म्याग्दी पुस्तकालय सहित ५ संघसंस्थालाई संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ ।

विदेशमा रहेर आर्जन गरेको धन केही मात्रा भएपनि आफ्नो जन्मभूमीमा सहयोग गरौं र उक्त सहयोगले विद्यालयको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको साजन चोचाङ्गी पुन मगरले बताए । ५० थान महावीर पुनको आत्मकथा, ५० थान धौलाश्रीरी, मगर चलचित्रका २१ थान पुस्तक मेजन पुनले सहयोग गरेका थिए ।

म्याग्दी जिल्ला मगरहरुको अत्याधिक बाहुल्यता भएको र विभिन्न कारणहरुले पछाडी परेको र पारिएकोले पनि यहाँको प्रायजसो मगरहरु शिक्षाबाट पछि परेको र मगर र संस्कृति पनि लोप हुदै गएकोले पनि मगर चलचित्र पुस्तक पनि सँगसँग वितरण गरिएको कुरा मगर चलचित्र पुस्तकका लेखक मेजन पुनले बताए । आगामी दिनमा अन्य स्रोतबाट आर्थिक सहयोग संकलन गरि पुस्तक वितरण गरिने जनाइएको छ ।

Leave a Reply