म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी सामुदायिक माविकी एक शिक्षकले आफ्ना स्व पिताको स्मृतिमा विद्यालयलाई ५० हजारभन्दा बढी सहयोग गर्नुभएको छ । बेनपा–६ चुत्रेनीका स्वर्गीय मिन बहादुर किसानको तेस्रो वार्षिक पुण्य तिथिको अवसरमा विद्यालयकी सांस्कृतिक समितिका संयोजक चन्द्रकला (सिसम) किसान विद्यालयको सांस्कृतिक विभाग अन्तर्गतका जिम्मेवारी तथा क्रियाकलापहरूका सहयोग पुग्ने गरी सांस्कृतिक कोष खातामा ५१ हजार १५१ रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठलाई हस्तान्तरण गदैं शैक्षिकसँगै सांस्कृतिक विधामा पनि जिल्लाकै सर्वोत्कृष्ट बनाउने अभियानमा सहज हुने प्रअ श्रेष्ठको भनाई छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक किसानले स्वर्गीय पिताको गीतसंगितमो रुची तथा आफुँले गरेका कार्यहरुलाई समेत प्रोत्साहन गर्ने गरेको स्मरण गदैं उक्त सहयोग गरेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका सहायक प्रअद्धय काशिराम रेग्मी, भिम घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply