१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा अदालतबाट कैद सजाय तोकिएका मालिका गाउँपालिका–४ महभिरका फरार अभियुक्त ३१ वर्षीय रविन श्रीपालीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले २०८१ जेठ २२ गते गिरफ्तार गरी कैद भुक्तानीका लागि अदालत मार्फत कारागार पठाएको छ ।

पीडितलाई २०७७ जेठ १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले प्रहरीमा खबर गरेपछि सिर्पालीलाई सोही रात गिरफ्तार गरि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । श्रीपालीलाई ०७७ असार ५ गते जिल्ला अदालत म्याग्दीले दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । ०७८ मङ्सिर ८ गते जिल्ला अदालत म्याग्दीले बलात्कार प्रयासमा दोषी मान्दै पाँच वर्ष कैद, २५ हजार जरिबाना र एक हजार रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको भए पनि सिर्पाली फरार रहेका थिए ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले पोखरा महानगरपालिका– ९ पृथ्वीचोकबाट गिरिफ्तार गरि जिल्ला अदालत म्याग्दीमा बुझाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । अदालतको आदेशपछि सिर्पालीले भुक्तानी गर्न बाँकी चार वर्ष ११ महिना २२ दिन कैद भुक्तानीका लागि जिल्ला कारागार म्याग्दीमा पठाइएको उहाँको भनाई छ ।

Leave a Reply