विश्व वातावरण दिवसको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसले बेनी अस्पताल परिसरमा सरसफाई गरिएको छ । अस्पतालको वातावरण सधै सफा र सुन्दर हुनुपर्छ भन्ने सन्देश दिने उदेश्यले अस्पताल परिसरमा रहेका कागज, प्लास्टिक तथा अन्य फोहोरहरु संकलन गरिएको हो ।

अस्पतालको प्रवेशद्धारदेखि परिसर भित्रका विभिन्न स्थानमा पुगेर करिब २३ बोरा फोहोर संकलन गरिएको थियो । उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगाना, क्याम्पस प्रमुख श्रीधर सुबेदी, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदी, अस्पताल प्रमुख डा. अञ्जु थापा, सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरे, उपप्रध्यापक तारानाथ शर्मा लगायत विद्यार्थी सहितको उपस्थिती रहेको थियो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुंगाना, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुबेदी, अस्पताल प्रमुख डा. थापाले अस्पताल भित्र नियमित सरसफाई हुने भएपनि बिरामी, कुरुवा र भेट्न आउनेहरुबाट जथाभावी फोहोर फाल्दा समस्या हुने गरेको बताउनुभएको थियो । कार्यक्रमकास सञ्चालन सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुबेदीले गर्नुभएको थियो ।

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ। ‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित बुधबार यो दिवस विश्वभर मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ। नेपालमा पनि विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै छ।

Leave a Reply