म्याग्दीको मालिका गाउँपालिका-७, बिमस्थित ऐतिहासिक तपोस्थल प्रभुचेला धुरीमा धुपी र गुराँस रोपिएको छ । विपश्यना केन्द्र बनाउने गरी धमाधम पूर्वाधार थपिएको प्रभुचेलामा मुस्ताङको लेतेबाट ल्याइएको ३ सय बोट धुपी र म्याग्दीको पर्यटकीयस्थल घोरेपानी, महरेडाँडा क्षेत्रबाट ल्याइएको गाडा रातो, रातो, सिम्रिक, चिमली,सेता, गुलाबी लगायत गुराँस वृक्षरोपण गरिएको हो ।

समुन्द्रि सतहदेखि २४ सय मिटरको उचाईमा जंगलभित्र अवस्थित प्रभु चेला आसपासका क्षेत्रमा विपश्यना साधना तथा घुम्न जाने पर्यटकलाई आर्कषित गर्न गुराँस र थुपी रोपिएको प्रभुचेला ध्यान केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष नविन जुग्जालीले बताए ।

उनका अनुसार गुराँस र थुपीको संरक्षणमा स्थानीयबासीले समेत चासो देखाएका छन् । प्राकृतिक सौन्दर्य उक्त क्षेत्रमा पुग्ने भक्तजनलाई आसपासका जंगलभित्र ध्यान गर्न मिल्ने र मालिकाधुरी जाने पर्यटकलाई समेत आर्कषित गर्ने योजना रहेको छ।

विपश्यना साधनामा आउनेलाई गुराँसको सेवन गरी रक्तअल्पता, रक्तस्राव, आमवात, सुगर लगायतका रोग लागेकालाई सेवन गर्न समेत सहज हुने छ । समितिले गुराँस र थुपी बाहेक अन्य आर्कषक फुलहरु समेत रोपण गरिने छ ।

प्रभुचेलामा अहिले पनि तपस्वीले अग्नि हवन गरेको हवनकुण्ड र तपस्वी बसेको कुटीको अवशेषहरु समेत अहिलेसम्म सुरक्षित छन् ।करिब ११७ वर्ष अघि स्वर्गद्वारी आश्रमबाट बालतपस्वी चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द स्वामीजीले ईस्वी सन् १९७० तिर यही स्थलमा आई तपस्या गरेको ऐतिहासिक तथ्य समेत फेला परेको छ ।

स्वर्गद्धारीबाट स्वामी. डा. श्री रुद्रनन्द ब्रह्माचारी स्वामी कमल गौतम र स्वामी अजित धितोले समेत प्रभुचेला धुरीमा पुगेर स्थलगत अध्ययन र अवलोकन गरेका थिए

Leave a Reply