विश्व शान्तिको उद्गमस्थल नेपालमा बुद्धका आस्था, विश्वास र सान्दर्भिकताको महत्व झनै बढेको म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाली भूमिमा जन्मेका गौतम बुद्धले विश्वभर फैलाएको शान्ति र सहिष्णुताको मार्गमा हिँडेर नेपाली शान्ति, अहिसा र सद्भावका उदाहरण बन्नुपर्नेमा जोड दिइएको थियो ।

२५६८ औँ जन्मजयन्तीको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित वर्तमान विश्वपरिवेशमा बुद्धका सन्देशको सान्दर्भिकता विषयक वक्तृत्वकला प्रतियोगिताको अवसरमा सहभागी विद्यार्थीले अहिलेको समाज आदर्श, सिद्धान्त र सन्देशबाट विचलित भइरहेको अवस्थामा बुद्धका सन्देशको सान्दर्भिकता झनै बढेको बताएका थिए ।

प्रतियोगितामा प्रथम बिबिएस दोस्रो बर्षका सुसिल खत्री, द्धितिय बिबिएस प्रथम बर्षकी आरती परियार, तृतिय बिबिएस दोस्रो बर्षकी सुस्मिता शर्माको सहभागिता रहेको थियो । विजेतालाई क्याम्पस प्रमुख श्रीधर सुबेदी, निर्णायक मण्डलका संयोजक अर्जुन पौडेल, भोलानाथ घिमिरे, तारानाथ शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको अध्यक्षता क्याम्पस प्रमुख सुबेदी र सञ्चालन सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले गर्नुभएको थियो ।

Leave a Reply