काफल एक फल मात्र हैन पहाडी जीवनको संस्कृति हो। औषधि हो। पहाडी फलको राजा हो। खट्टो मिठो र रसिलो स्वाद हुने फल काँचो छदा हरियो र पाक्दै गरेको रातो अनि पाकेको फल हल्का बैजनी र कालो रंगको हुन्छ।
काफल नेपालको मध्य, उच्च पहाडी र हिमाली क्षेत्रका साथै समुद्री सतहदेखि १ हजार ५ सय मिटरदेखि ४ हजार मिटर उचाइसम्म पाइन्छ। काफल भारतको उत्तराखण्ड राज्यको राजकीय फल हो भने ,हिमाञ्चल र असम प्रदेशमा पनि पाइने एक प्रख्यात फल हो। नेपालको धेरै ठाँउमा बैशाख-जेठमा काफल बिक्री गरेर घर खर्च चलाउनेको संख्या ग्रामीणदेखि सहरी क्षेत्रमा धेरै हुनुपर्छ। काफल पाक्ने समय बैशाखदेखि जेठसम्म ५० देखि ६ सय रुपैयाँ प्रति किलोका दरले बिक्री हुने गरेको छ।नेपालीमा ठाउँअनुसार कोबुसी, कायफल, काफल भन्ने गरिन्छ भने हिन्दीमा काफल कायफर, कायफल र अङ्ग्रेजीमा काफलाई बेबेरी भनिन्छ। काफलको वैज्ञानिक नाम भने मार्सिका एस्कुलेन्टा हो। काफल एक फल मात्र हैन पहाडी जीवनको संस्कृति हो। औषधि हो। पहाडी फलको राजा हो। खट्टो मिठो र रसिलो स्वाद हुने फल काँचो छदा हरियो र पाक्दै गरेको रातो अनि पाकेको फल हल्का बैजनी र कालो रंगको हुन्छ।
काफल नेपालको मध्य, उच्च पहाडी र हिमाली क्षेत्रका साथै समुद्री सतहदेखि १ हजार ५ सय मिटरदेखि ४ हजार मिटर उचाइसम्म पाइन्छ। काफल भारतको उत्तराखण्ड राज्यको राजकीय फल हो भने ,हिमाञ्चल र असम प्रदेशमा पनि पाइने एक प्रख्यात फल हो। नेपालको धेरै ठाँउमा बैशाख-जेठमा काफल बिक्री गरेर घर खर्च चलाउनेको संख्या ग्रामीणदेखि सहरी क्षेत्रमा धेरै हुनुपर्छ। काफल पाक्ने समय बैशाखदेखि जेठसम्म ५० देखि ६ सय रुपैयाँ प्रति किलोका दरले बिक्री हुने गरेको छ।नेपालीमा ठाउँअनुसार कोबुसी, कायफल, काफल भन्ने गरिन्छ भने हिन्दीमा काफल कायफर, कायफल र अङ्ग्रेजीमा काफलाई बेबेरी भनिन्छ। काफलको वैज्ञानिक नाम भने मार्सिका एस्कुलेन्टा हो। काफलसँग ‘काफल पाक्यो’ चरीको पनि सम्बन्ध छ। काफल पाक्यो चरीको वैज्ञानिक नाम क्युकुलस माइक्रोप्टेरस हो। यो नेपाललगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानहरूमा पाइने गर्छ। यो चरा समुन्द्री सतहबाट ३६०० मिटरसम्मको उचाइमा रहेका जङ्गलहरूमा पाइने गर्छ। यो घुम्ने चराको रुपमा पनि चिनिन्छ। बैशाखमा तराईमा पनि यो चरा ‘काफल पाक्को’ भन्दै मिठो स्वर गुन्जीत गर्दछ। डोटेली भाषा अनुसार अति मन मोहक र सुरिलो भाकामा ‘काफल पाक्को, गला लाग्गो’ अर्थात ‘काफल पाक्यो, घाटिमा रोकियो’ भनेर चराले समाजमा आफ्नो स्वर फैलाएको हामी प्रत्यक्ष सुन्न सक्छौँ।काफल पाक्ने समय चैतदेखि जेठ महिनासम्म भए पनि वातावरणमा आएको परिवर्तन काफल पाक्ने समयमा तलमाथि भएको देखिन्छ।स्वास्थका लागि पनि फाइदा काफल स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिके फाइदा जनक मानिन्छ । काफल एक लोकप्रिय पहाडी फल हो । काफलको आकार सानो सानो रातो हुन्छ । प्राय धेरै मानिसले काफल मन पराउछन् ।यो फल गर्मी याममा पहाडका वन पाखाहरूमा पाइन्छ ।
यसको स्वादमा अमिलो र मिठो दुबैको मिश्रण हुन्छ। काफल काँचोमा हरियो रङ्को हुन्छ भने काफल पाकी सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।पहाडका मानिसहरू गर्मी याममा काफलको रूखमा चढेर काफल खाने गर्दछन् ।
काफललाई हामीले फलको रुपमा मात्र प्रयोग गर्ने गरेका छौ।तर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । काफल खादा विभिन्न फाइदाहरु हुन्छन् । काफलको बोक्राको काढा तिलको तेलमा पकाई तेल मात्र रहेपछी चीसो पारेर दुई तीन थोपा तेल कानमा चुहाए कर्णशुल र पीप बग्ने तथा बहिरो हुन खोजेको पनि निको हुन्छ ।
काफलको बोक्रा पिसेर त्यही धूलोले दाँत माझ्ने गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । काफल खानाले खोकी, दम, हृदय रोग, अपच र अरूचीमा पनि लाभ गर्दछ । घाऊ(चोटमा बिग्रेको र चाँडै निको नहुने घाउमाकाफलको बोक्राको धूलो छरिदिए र त्यसैको काढा पकाएर प्रतिदिन धोईदियो भने निको हुन्छ । काफलको बोक्रा चार ग्राम मिश्रीको काढासित चार दिन सेवन गरे जुनसुकै कारणले पेट दुखेको वा शुल भएको भए पनि आराम हुन्छ ।
(संकलन तथा लेखनः दीपक चन्द)