बेनी नगरपालिका–६,बगुवाखोलास्थित बाल जागृति आधारभूत विद्यालयमा सञ्चालित बौद्धिक अपांगता स्रोत कक्षालाई एक यूवाले करिब ट्याक सुट सहयोग गरेका छन् । चुत्रेनी घर भई हाल अमेरिकामा रहेका सुर्दशन पौडेलले १९ जना विद्यार्थीलाई २२ हजार बराबरको ट्याक सुट प्रदान गरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्रीले बताए ।

शैक्षिक पोशाकमा प्रयोग हुने ट्याक सुटको अभावका बारेमा जानकारी भएपछि सहयोग प्राप्त भएको प्रअ क्षत्रीले बताए ।
सहयोगदाता पौडेलले विपन्न र विभिन्न जिल्लाबाट आएका बौद्धिक अपांगता भएका विद्यार्थीको समस्या समाधानमा थोरै भएपनि सहयोग गर्न पाएकोमा खुसी लागेको बताए ।

उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । सोही अवसरमा विद्यालय परिवारले सहयोगदाता पौडेललाई सम्मान सहित स्वागत समेत गरेका थिए । बौद्धिक अपांगता स्रोत कक्षामा म्याग्दीका साथै देशभरबाट विद्यार्थी आउने गरेपनि सरकारी स्रोतसाधन प्रयाप्त नभएपछि विभिन्न संघसंस्था र ब्यक्तिले सहयोग गर्ने गरेका छन् ।

Leave a Reply