म्याग्दी जेसीजले खेल क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेकोे छ । सम्मानित हुनेमा स्व. गाेविन्दप्रसाद श्रेष्ठ (मराेणाेप्रान्त), प्रविन श्रेष्ठ, गणेश जिसी (लामिछाने), सन्देश स्वदेश श्रेष्ठ र अनराम लामिछाने रहेकाछन् ।
२१ अाै जेसीजकप २०२३ काे फाइनल खेलकाे अवसरमा संघिय सांसद माननीय खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेश सांसद माननीय हरि भण्डारी, समन्वय प्रमुख राजकुमार थापा, संसथापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, शाखा अध्यक्ष सुमन बानियाँ लगायतले प्रशंसा पदक सहित सम्मान प्रदान गरेकाे हाे ।
म्याग्दी जिल्ला अर्थुङ्गे गा.वि.स. वडा नम्बर २ (हाल बेनी नगरपालिका वडा नम्बर ७) जन्मिएका स्वर्गीय गाेविन्दप्रसाद श्रेष्ठलाई जीवनकाे चार दशक समय शिक्षण पेशामा समर्पित भै जेसीजकप फुटबलको पहिलो संस्करणदेखि नै प्रकाश माध्यमिक विद्यालय बेनीकाे खेल शिक्षककाे रुपमा सर्वाधिक पाँच पटक विजेता र दुई पटक उपविजेता बनाउन सफल, सर्वाधिक बिरेन्द्र शिल्ड जिताउन सफल, जीवनलाई नै खेल क्षेत्रमा समाहित गरि भलिवल,
व्याडमिन्टन, फुटबल, टेवलटेनिस, एथलेटिक्स लगायतका खेलमा उत्कृष्ट खेलाडी प्रमाणित गर्दै समग्र म्याग्दी जिल्लाकाे खेलकुद क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै भाैतिक निर्माण, प्रशिक्षक, काेच, रेफ्रिकाे रुपमा याेगदान पुर्याउनु भएकाे, जेसीजकपकाे पहिलो संस्मरणदेखि संलग्न भै संस्थागत विकास गर्न सहयोग गरेको, आफ्ना सन्ततिहरूलाई समेत खेलक्षेत्रमा पारङ्गत बनाउदै फुटबलको अन्तर्राष्ट्रिय खेलाडी बनाउन सफल भएको स्मरण गर्दैन स्वर्गीय श्रेष्ठले खेलक्षेत्रमा पुर्याउनु भएको याेगदानकाे उच्च मुल्यांकन गर्दै मणाेराप्रान्त सम्मान गरेको शाखा अध्यक्ष बानियाँले बताउनु भयाे ।
त्यस्तै तीन दशकदेखि शिक्षण पेशामा संलग्न प्रविन श्रेष्ठलाई जेसीजकप फुटबलको पहिलो संस्करणदेखि शुभारम्भका संस्करणहरूमा रेफ्रिकाे भुमिका निर्वाह गरि सहयोग पुर्याउदै जेसीजकप फुटबलको संस्थागत विकासमा उच्च याेगदान पुर्याउनु भएको साथै जिल्ला कै फुटबल, व्याडमिन्टन, टेवलटेनिस, एथलेटिक्स लगायतका खेलका उत्कृष्ट पूर्व खेलाडीकाे रुपमा याेगदानकाे उच्च मुल्यांकन गर्दै सम्मान गरेको मुल संयोजक विनाेद घर्तीले बताए । अझै पनि खेलाडीकाे रुपमा सक्रिय श्रेष्ठ लामाे समय प्रकाश माध्यमिक विद्यालयलाई खेल शिक्षककाे रुपमा विभिन्न उपाधि दिलाउदै हाल बेनी सामुदायिक माविमा खेल शिक्षककाे जिम्मेवारी सम्हाल्दै आएकाछन् ।
गणेश जिसी लामिछाने, सन्देश स्वदेश श्रेष्ठ र अनराम लामिछाने नवाै जेसीजकप २०१० का क्रमश उत्कृष्ट खेलाडी, सर्वाधिक गाेलकर्ता र उत्कृष्ट गाेलरक्षक हुन् ।
जेसीजले पुरानो संस्करणका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्न परम्परा अन्तर्गत तीन खेलाडीलाई सम्मान गरेकाे महासचिव कुमार बानियाँले जानकारी गराए । प्रकाश माविलाई जिसीले दुई पटक विजेता र एकपटक उपविजेता त्यस्तै लामिछानेले पनि प्रकाश माविलाई दुईपटक विजेता बनाएका थिए भने श्रेष्ठले न्यू वेष्ट प्वाइन्टलाई एकपटक विजेता र एकपटक उपविजेता बनाएका थिए ।
जेसीजकप पछि क्लव र जिल्लाका फुटबल खेलाडी एवम् प्रशिक्षकका रुपमा सक्रिय यी खेलाडीहरू मध्ये लामिछाने र श्रेष्ठ विदेशमा रहेकाछन् भने जिसी पनि विदेश जाने तरखरमा रहेकाछन् । संस्थाले गरेकोे सम्मानले व्यक्तित्वहरूकाे याेगदानकाे कदर हुने, हाैसला प्रदान हुने र अन्यलाई समेत प्रेरणा प्राप्त हुने भएकोले यसलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने प्रवक्ता एवम् उपाध्यक्ष सज्जन श्रेष्ठले बताएका छन् ।