नेपाली समाजमा एउटा उखान ‘हुनेलाई दशै, नहुनेलाई दशा’ । दृष्टिविहिन सुस्मिता विकको दम्पत्तीको जीवनमा यो उखान ठाक्कै मिलेको छ । जन्मजात दृष्टिविहिन सुस्मिता र उनका श्रीमानले जलन विकलाई दशैंले चाडपर्वहरुले पीडा दिने गरेको छ । घरमा साँझ बिहानको छाक टार्न धौ धौ परिरहेको अवस्थामा दशैंमा छोराछोरीलाई नयाँ लुगा,मिठो खानेकुराको खोजीमा हिडेकी छन्।
दशैंमा दाल चामल, नुन, तेलको जोहो गरेर छाक टार्ने सुस्मिताले सदरमुकाम बेनीबजारमा गीत गाउँदै सहयोग जुटाइरहेकी छन्।दृश्यमात्रै होइन जीवनमा नै अन्धकार छाएको सुस्मिताले छोरालाई सँगै लिएर पीडा, बेदनाले भरिएको गीत गाउँदै सडकमा सहयोग जुटाएर दशैं खर्च जुटाइरहेकी छन् ।
आगोले पोलेर छोरीको उपचारमा श्रीमानलाई पोखरा पठाएकी सुस्मिताले दृष्टिविहिनका पीडा र गरिबी झल्किने गीतमार्फत दशैंमा खाद्यान्न र छोराछोरीलाई लत्ताकपडाको खर्च जुटाउने प्रयास गरिरहेकी छन् ।
हातमा माइक्रोफोन समातेर अगाडी उभिएकी सुस्मिताले लाउड स्पिकरमा सहयोगको टोकरी राखेकी छन् । उनलाई आफन्तले म्यूजिक बजाउने, सहयोग जुटाउने र एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सहयोग गरेकाले सहज भएको छ। ‘घरमा भात खाने चामल समेत छैन्, छोराछोरीले पनि नयाँ लुगा खोजेका छन्’ सुस्मिताले भनिन् ।
मुटु र पाठेघरको समस्या बोकेर हिडिरहेकी सुस्मिताले दिनभरी मुस्किलले १५ सयसम्म जम्मा गरेर खाद्यान्न लिएर दैनिक घर जान्छिन् । ‘चाडपर्व आउँदा मलाई डर लाग्छ, चाडवाड आउँदा छोराछोरीको रहर पुरा गर्न नसक्दा पीडा नराम्ररी सहनुपर्छ’ सुस्मिताले भनिन् ।
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकम घर भएपनि उनीहरूसँग एक टुक्रा जमिन छैन् । अहिले छिमेकी पर्वतको जलजला गाउँपालिका लामाखेतमा बस्ने सुस्मिता दम्पत्तीको एक छोरा र चार छोरी छन् ।
सुस्मिताले चाडपर्व बाहेक अन्य समयमा छोराछोरी पढाउनदेखि सबै घरखर्च उनको गीतबाट जुटाउनुपर्ने बाध्यता छ । उनले आफ्नै जीवनको पीडा गीतमार्फत सुनाउँदा बाटोमा हिड्ने बटुवा, ब्यापारीको समेत आँखा पनि रसिलो हुन्छ ।
उनले दृष्टिविहिनको पीडा सरकारले नसुनेको, आफ्नो समस्याले छोराछोरीलाई दुख भएको जस्ता गीतहरु गाउँछिन् । दृष्टिविहिन भएकैले सुस्मिता र उनका श्रीमानले ज्याला मजदुरी गर्न नसक्ने भएर विरहको गीत गाउँदै हिँड्नुपरेको छ । उनले आफुँ र छोराछोरी बिरामी हुदाँ बाहेक यसरी नै गित गाएर सहयोग जुटाउने बताईन् ।
सुस्मिताको स्वर मिठो छ । हुने खानेले हुँदा खानेलाई ठूलो मन बनाएर सानो सहयोग गरिदिने हो भने समाजमा कोही पनि भोको नरहने अवस्था आउँछ।
नेपालीको ठूलो चाड दशैं भन्ने अनि त्यही दशैंमा भात नै खान नपाउने अवस्था रहने कति दुःखद छ । चरम गरिबी र दृष्टिविहिन भएकै कारण चाडपर्वमा समेत निभेको सुस्मिताको चुल्होमा सबैले सहयोग गरी यो चाडमा खुसी दिऔँ ।
सहयोग गर्न चाहनेले सुस्मिता विक ९८०६६९९५६०