गण्डकी प्रदेश, म्याग्दीजिल्लाको सदरमुकाम बेनीदेखि पश्चिमदिशामा रहेको भर्जुलागाउँ साबिकको कुहूँगा.वि.स. वडा नं. ७ र हालको मंगला १ अन्तरगत पर्दछ । प्रकृतिको वरदान जस्तो लाग्ने भर्जुलागाउँ  सामाजिक, सास्कृतिकतथाधार्मिक दृष्टिले सम्पन्न मानिन्छ ।
भर्जुलानामको उत्पत्तितथाविकासबारे अध्ययनगर्दाबयोवृद्धहरुको भनाई अनुसार प्राचीन समयमा यस भर्जुलागाउँमा ढुङ्गाको खानीबाट ढुङ्गानिकाल्ने क्रममादुला (खाल्डो) बन्दै गएको, उक्त खाल्डो धेरै तलसम्मपुग्दादुलाबाट सजिलै बाहिर निस्कननसक्ने भएपछि भ¥याङको सहायताले बाहिर निस्किएको ।
तसर्थ दुलाभित्र (खाल्डो) बाट बाहिर भ¥याङको सहायतालेआएकाले भ¥याङदुला, भ¥याङदुलाभन्दाभन्दै उक्तशब्दअपभ्रंश भई भर्जुलानाम रहेको भन्ने अभिव्यक्तिपाइएको छ ।  यहाँपहिले ढुङ्गै, ढुङ्गाको भएको, ती ढुङ्गाको दुलाहरुमाभालु बस्ने भएकाले भालु दुला, भालु दुलाभन्दाभनिएको भन्ने धारणा पनि पाइन्छ । कसै कसैले पहिले यहाँ धेरै भर भएकाले पनि भर्जुलाभनिएको भन्ने धारणा समेत पाउन सकिन्छ ।
यस भनाइको तथ्यको रुपमाआजपनि भर्जुलामाप्रशस्त ढुङ्गाखानी रहेको पाइन्छ । ६५ घर धुरी रहेको सिङ्गो भर्जुलागाउँमासिमलखर्क, कापरा, उल्लाङ, पाइजा टोल, सिक्टनी टोल,मुख्य टोल, सिपालु टोल, ढुङ्गे टोल, शेरपुन्जा टोल, बाँसबोट, कलसे, ओखलढुंगा, डाँडा टोल जस्ता टोलहरु रहेका छन ।
समुन्द्री सतहबाट करिब १५,०० मिटर उचाईमा रहेको भर्जुलागाउँहावापानी, बसोवास तथा उत्पादनका दृष्टिले अति उपयुक्त (न तातो न चिसो) मानिन्छ । गजबाङ धुरीको काखमा मस्तले सजिएको यसगाउँप्राकृतिकहिसाबले भगवानको सुन्दर सृष्टि जस्तो लाग्छ छ । चारैतिर हरिया वनजङ्गलले दुलही झैँ सजिएको भर्जुलागाउँमाबगिरहने रातो खोलाको झरनाले सबैको मन लोभ्याएको छ ।
गुर्जुरेको डाँडा गाउँकोशिर मानिन्छ, जहाँबाट थुप्रै  गाउँबस्तिछर्लङ्ग देख्न सकिन्छ । गाउँको पानीको स्रोत कापरा खोलाको पानी अमृततुल्य छ ।  एउटा बगैँचालाई बेली, चमेली, जाही, जुई, गोदावरी, सयपत्रीलगायतविविधफूलहरुले सौन्दर्य छरे झैँ विशेषतःमगर समुदायको बाहुल्यता रहेको भर्जुलागाउँमा केहीदलित समुदायहरुको पनिबसोबास रहेको छ । मगरभित्र अनेकन थर भएका मगरहरुको बसोबास रहिआएको छ । यहाँपुन, जुग्जाली, शेरपुञ्जा, पाइजा, रोका, पुर्जा, तिलिजालगायतविविध थरका मगरहरुको बसोबास रहेको छ ।
विविधजातजातिहरुको बसोवास रहेको भर्जुलाले सिङ्गो नेपालको नमूना जस्तो लाग्दछ । यस गाउँमा ‘मामाको छोरी खोजीखोजी, फुपूको छोरा रोजीरोजी’भन्ने मगर चलन अझै जीवितपाउन सकिन्छ । भर्जुलाको सामाजिकएकता अनुकरणीय छ । ‘गाँस छाड्नु, साथ नछाड्नु’, ‘जिउँदाको जन्ती, मर्दाको मलामी’भन्ने उखानसमाजमाअझैपुष्टि भएको पाउन सकिन्छ । आपसी सहयोग अनि सद्भावले भर्जुलागाउँ ढपक्क बलेको जस्तो लाग्छ । हिन्दुहरुको बाहुल्यता रहेको भर्जुला सास्कृतिक दृष्टिले सम्पन्नशाली छ ।
यहाँनयाँवर्ष, साउने संक्रान्ती, तीज, दशै, तिहार, माघेसंक्रान्ती, होली, शिवरात्री, चैते दशै जस्ता पर्व हर्ष, उल्लासका साथ मनाइन्छ । यहाँप्राचीन समयदेखीश्री पन्चमीमाभव्य मेलालाग्ने गर्छ । यस गाउँमा परापूर्वदेखि भूमेपूजा, सिद्ध, बराहपूजा, माइपूजालगायतकापूजाहरु हरेक वर्ष गरिन्छ ।
मगर संस्कृतिको प्रभाव रहेकाले यस गाउँका पुरुषहरुकोपोसाकखाडी, भोटो, राडी, पाखि, सत, भाङ्ग्राहोभने महिलाहरुगुन्यू, चोलीमा सजिन्छन । पुख्र्यौली नृत्य भर्जुलाको पहिचान मानिन्छ ।
बिबाह, ब्रतबन्ध, क्रियाआदिमापुख्र्यौलीे नृत्य प्रदर्शन गरिन्छ । यस नृत्यको संरक्षण, संवद्र्धन तथा वृद्धि विकासकालागि सुनगाभा सोरठी पुख्र्याैली संघले कार्य गरिरहेको छ ।
सांस्कृतिककार्यक्रममा साइँलाभाका, यानिमाया, सिरफूले, लोक दोहोरी, सालैजोगाउने गरिन्छ भने रोदीमा रम्ने गरिन्छ ।असारे महिना मेलापातमाअसारे गीत घन्किरहन्छ । थालिनाचभर्जुलागाउँको परम्परागत नृत्य हो । नौमती मगर बाजा समूहपनि रहेको छ ।शुभकार्यमा मगर बाजाबजाएर गाउँको कला संस्कृतिझल्काउने गरिन्छ ।
प्रकृतिको वरदानमानिने भर्जुलागाउँ सुन्तलाको गाउँकारुपमापनि चिनिन्छ । गाउलाई सुन्तलाबारीले ढाकेको छ । यस गाउँलाई मंसीर, पुषमहिनापहेँलै सुन्तलाकाबोटले छोप्दा साँच्चिकै कन्यादानदिनतयार गरिएको दुलहीझैँ सुन्दर देखिन्छ । भर्जुलागाउँमा सुन्तलाका साथै अम्बा, कागती, केरा, मौसम लगायतकाफालफूलउत्पादन हुन्छन् । हालएभोकाडो, ड्रागन फ्रुट, किवी, जुनार, अङ्गुर जस्ता नयाँफलफूलपनिफल्ने गरेको छ ।
धान, मकै, गहुँ, जौ, कोदो, फापर, आलु, बदाम, सिमी, स्याल्टुङ, मास, गहँतआदिअन्नबाली लगाइन्छन् ।आबाङ्ग, कलसे, बाँसबोटको फाँटमा असारमा रोपेको धान साउनभाद्र महिनामा सुसेलीहाल्दै बयली खेल्दछन् । असोज कात्तिकमाउक्त फाँटहरुमा धान झुल्दातीधानका फाँटहरु स्वर्गीय सुन्दरतामा सजिएका देखिन्छन् । यस गाउँमावि.सं. २०३४ सालमा स्थापितश्रीबालोदयआधारभूतविद्यालयमा ८ कक्षसम्मको पढाई हुन्छ । यो विद्यालयगाउँको ज्योतीतथाअमूल्यगहनाहो ।
भर्जुलागाउँमाआदर्श युवाक्लब, सुनगाभा सोरठी पुर्ख्यौली संघ, गोदावरी आमा समूह, झरना र हिमालय टोल समूह जस्ता विविध संघ संस्थाहरु  रहेका छन् । जसले गाउँको रितिरिवाजको संरक्षण तथाविकासमा योगदान पु¥याउँदै आइरहेका छन  भर्जुलाबासीहरु मुख्यतः कृषि पेशामा आबद्ध रहेका छन् । यस गाउँकामानिसहरु कृषि पेशामा साथै पशुपालन, ज्यालामजदुरी, सबारी चालक, सरकारी जागरि, पसल, होटल व्यवसायलगायतविविधपेशाहअँगालेका छन् ।
रोजगारीको शिलशिलामा यस गाउँकामानिसहरु अमेरीका, अष्ट्रेलिया, जापान, कोरिया, फ्रान्स, हङकङ, पोर्टुगल, क्रोसिया, मलेसिया, कतार, दुबै, साउदी अरेब, छिमेकीमुलुकभारत लगायतविविध देशहरुमापुगेका छन् । भर्जुलागाउँलाई प्राचीन समयमालाहुरेहरुको गाउँभनेर पनि चिनिन्थ्यो ।
यस गाउँकापुर्खाहरु भारतीय सेनामा धेरै कार्यरत थिए । हालपनि यस गाउँकायुवाहरु बेलायती सेना, भारतीय सेना तथा सिङ्गापुर प्रहरीमाकार्यरत छन् । यसबाट भर्जुलावासीहरु वीर हुन्छन् भन्ने पुष्टि हुन्छ ।
प्राकृतिको अनुपम वरदानमानिने भर्जुलागाउँ धार्मिक, सांस्कृतितथा सामाजिक परिवेशका दृष्टिले नमूनागाउँका रुपमाचिन्न सकिन्छ । प्रकृतिको सुन्दर सिर्जनाका रुपमा परिचित भर्जुलागाउँमाआम नेपालीदाजुभाइतथादिदीबहिनीहरुलाई अन्तर हृदयदेखि हार्दिक स्वागत गर्दछौँ ।
कमजोरी बिनाको मानिस नभएझैँकमजोरी बिनाको न गाउँ हुन्छ, न ठाउँ हुन्छ । यसर्थ यस गाउँमाभएको विविधकमजोरीहरुलाई आम बुद्धिजीवि वर्ग तथा समाजसेवीहरुले सुझाबदिनुभएमाउक्तकमजोरीहरुलाई निराकरण गर्दै यस गाउँलाई हर दृष्टिले सुन्दर बनाउने प्रतिबद्धता आम भर्जुलाबासीहरुले गर्दछौँ ।

Leave a Reply