पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएको हो। निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ। त्यस्तै तराईमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको छ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ।