लगाएकोे कपडा र जुत्ता च्यातिएको छ। हातमा आवतजावत गर्न सहारा दिने सेतो छडी र सानो झोला भिरेका ७० बर्षिय जीत बहादुर कार्कीको अनुहार शरीर र धुलाम्मे छ। पश्चिम म्याग्दीको बेनी नगरपालिका–४,राक्सेमा भेटिएका पूर्ण दृष्टिविहिन जीतबहादुर कछुवाको गतिमा हिँडिरहेका छन्। सडकमा सवारीसाधन ओहोरदोहोर गरिरहँदा दुर्घटनाको जोखिमले समेत जीतबहादुरलाई सताउने गरेको छ।

मनको दृष्टिले उज्यालो जीतबहादुरको दैनिकी भने निकै कष्टकर छ। दैनिक मागेर हातमुख जोड्ने गरेका जीतबहादुर पश्चिम म्याग्दी जोड्ने बेनी–तातोपानी सडकखण्डमा भेटिन्छन्। करिब आधाघण्टा कच्ची बाटोमा यात्रा गरी कालोपत्रे सडक हुँदै तातोपानी पुग्छन्। जीतबहादुरको प्राय: दैनिकी सहयोग माग्ने बनेको छ।

सानो उमेर छँदा राम्ररी आँखा देख्ने जीतबहादुर रोजगारीको खोजीमा भारत पुग्दा करिब २२ बर्षको उमेरमा दुवै आँखाको दृष्टि गुमाए। दृष्टि गुमाएको बषौँ बितिसकेको छ तर पनि उनलाई दु:ख, कष्टले पछ्याउन छोडेको छैन।

बेनी नगरपालिका–४,खलखले भन्ने गाउँमा स्थानीय व्यवसायी हिरा कुँवरको घरको पुरानो घरमा बस्दै आएका जीतबहादुर सुकुम्बासी हुन्। उनी बिहानै सेतो छडीको साहरामा करिब २ किलोमिटर पैदलयात्रा गरी तातोपानी बजार पुग्छन्।

कच्ची र कालोपत्रे सडकको जोखिमपूर्ण पैदलयात्रा गरी प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी, स्थानीयबासीले दिएको सहयोग लिएर बासस्थानमा फर्किन झण्डै २ घण्टा लाग्छ। दैनिक चारघण्टा पैदलयात्रामै बिताउने गरेका जीतबहादुर सडकमा खाल्डाखुल्डी, सडक छेउछाउको घर, मान्छे र कुकुर बाटो वरपर केही भए भाइब्रेसन मार्फत बुझ्दै यात्रा गर्छन्।

जीतबहादुरलाई सहयोगी मनका धनीले दिएको सहयोग जुटाउन श्रीमतीको साथ र हातमा रहेको सेतो छडी नै भरपर्दो माध्यम बनेको छ। सेतो छडी दृष्टिविहिनहरुको मौलिक अधिकार भएपनि आधारभूत आवश्यकता भित्र पर्ने गास, बास र कपासका लागि जीतबहादुरले चार दशकदेखि गरिरहेको संघर्षको यात्रा लामो र निकै कठोर छ।

बाल्यकालमा उज्यालो संसार देखेका जीतबहादुरको भारतको विकट गाउँमा गोठालो बन्दै गर्दा त्यही संसार अध्याँरोमा परिणत भयो।दृष्टिविहिनताले कष्टपूर्ण दैनिकीमा रहेका जीतबहादुरले पूर्ण अपांगताको रातो परिचयपत्र र ८१ बर्षिया तिजा कार्कीले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएपनि बर्षभरी खाना,उपचार सहितको खर्चमा भने अभावै हुन्छ।

स्वतन्त्र रुपमा अरुको सहारा बिना नै हिँडडुल गर्ने जीतबहादुरले दैनिक सहयोग जुटाएर घरखर्च चलाउने गरेको बताए।‘भत्ताको पैसाले मात्रै खान पुक्दैन,‘अब माग्न जान पनि सक्ने अवस्था छैन’ दृष्टिविहिन कार्कीले भने। उनले एक दिन पैदलयात्रा गरी सहयोग जुटाउन जाँदा केही दिन शरीर दुखेर हिँड्न नसक्ने समेत नमिल्ने बताए।

विगत लामो समयदेखि मागेर गुजारा चलाइरहेका जीतबहादुरले तातोपानी कुण्डमा स्नान गर्न आउनेबाट दैनिक २ सय देखि ७ सय रुपैयाँसम्म सहयोग जुट्ने गरेको बताए। सहयोग माग्न बस्ने ठाउँबाट निस्कने बेलामा गम्भीर घाईते भएको जीतबहादुर करिब ६ महिना ओछ्यानमै सुते।

उनले एउटा सानो बस्ने घर र पेटभरी खान पाए सहयोग जुटाउन हिँड्न छोड्ने बताए। जीतबहादुरको दम्पत्तीलाई बस्ने घर उपलब्ध गराएका बेनपा–४ ठुलोखोलाका स्थानीय कविता कुँवरले सामाजिक सुरक्षा भत्ताले मात्रै हातमुख जोड्नै मुस्किल हुने भएकाले छोरीको शिक्षादीक्षामा समेत सहयोगी हातको आवश्यकता रहेको बताइन्।

‘अब माग्न जाने अवस्था छैन, भत्ताले खाना मात्रै पुग्दैन, लत्ताकपडा, उपचारमा सहयोग आवश्यक छ’कुँवरले भनिन्। दृष्टिविहीनहरूका लागि विभिन्न सुविधाका बारेमा सुन्ने गरे पनि जीतबहादुरलाई अहिलेसम्म सहयोग नआएको उनले बताइन्। खाद्यान्न, लत्ताकपडा भएमा भत्ताको पैसाले बुढेशकालमा सहज हुने उनले बताइन्।

दृष्टिविहिन भएर बिहानैदेखि निरन्तर मेहनत गर्ने गरेको देखेर स्थानीयबासी समेत दंग पर्ने गरेका छन्। यता अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले अपांगता भएका व्यक्तिहरुको आवश्यकतालाई स्थानीय तहले बेवास्ता गरेको गुनासो गरे। उनले दृष्टिविहिनहरुको आवश्यकतालाई पूरा गर्न सहज बनाउने खालका प्रावधानहरूमा स्थानीय तह, सरोकारवाला निकायहरूको उपस्थितिमा धेरै कार्यक्रम भएपनि  कार्यान्वयन पक्ष कमजोर भएको बताए।

उनले अपांग संरक्षण तथा कल्याण ऐन २०३९ ले अपांग र उसको सहयोगी समेतलाई प्रोत्साहनको आवश्यकता रहेको बताए। उनले सडकमा पैदलयात्रा गरिरहेकालाई सवारीसाधनबाट गन्तब्यमा लैजान सघाउने समेत अनुरोध गरे। कानुनको कार्यान्वयन पक्ष फितलो हुँदा दृष्टिविहीनहरुलाई धेरै समस्या भएको उनले बताए। म्याग्दीमा दृष्टिविहिन बालबालिकाको समेत अवस्था कष्टकर रहेको छ।

सहयोगका लागि  

हिरा कुँवर

९८४७६२०२८८

Leave a Reply