म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा लागिरहेका छन् ।
२०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमनुभएका खम्बीर गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो । बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मनुभएका खम्बीर गर्बुजा २०५६ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुनलाई जिताउन अहोरात्र खटेर म्याग्देली जनहरुको मन जित्न सफल भएका छन् ।
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा चुनावी मैदानमा उपविजेता भएपनि म्याग्दीको विकासका लागि केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाहा गर्नुभएको भूमिका म्याग्देली जनताका लागि अविश्मरणीय छ ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बन्नुभएका गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।
दुई कार्यकाल म्याग्दी कांग्रेसको जिल्ला सभापति निर्वाचित हुनुभएका गर्वुजा पुन ः तेस्रो पटक म्याग्दीको सुशासन,विकास र समृद्धिको लागि प्रतिनिधि सभा सदस्यको लागि वाम लोकतान्त्रिक गठवन्धनको तर्फदेखि उम्मेदवार बनेका छन् ।
बेलायतको सुख सयल, व्यक्तिगत इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास र समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको मूल फूटाइ विकट र निकटका जनतालाई सँगसँगै हिडाउने महान उद्धेश्य लिएका हसिँला गर्बुजा छिमेकी जिल्ला विकास निर्माणको क्षेत्रमा तिब्र गतिमा अगाडी बढेपनि यसअगाडी विजय भएर गएका जनप्रतिनिधिको काम सन्तोषजनक नभएकै कारण पनि यसपटक योजनाबद्ध र जनताको प्राथमिकताका क्षेत्रमा काम गर्ने योजना छ ।
जनप्रतिनिधि नभएपनि उम्मेदवार गर्बुजाले म्याग्दीमा प्रदेश र संघीय सरकारबाट विभिन्न शिर्षकम बजेट ल्याएर जनताको मनमुटुमा वसिसकेका छन् । जनताको सेवा गर्न जनप्रतिनिधि नै हुनुपर्छ भन्ने भनाईलाई उम्मेदवार गर्बुजाले म्याग्दीको हकमा चिरेका छन् । उनले धेरैपटक प्रदेश सरकार र संघीय सरकारका विभिन्न मन्त्रालयमा म्याग्दीबासीको समस्याको पोको बोकेर गएका छन् ।
विकासप्रेमी नेता गर्बुजाले गरेका कामका बारेमा म्याग्देली मतदाता प्रष्ट छन् । गाउँघरमा पुगेर जनताको समस्या र आवश्यकतालाई पूरा गर्न गर्बुजाले अहिलेसम्म खेलेको भूमिकाकै कारण यसपटक सहरदेखि ग्रामिण क्षेत्रसम्मका मतदाता उहाँलाई मतदान गर्न उत्साहित छन् । जनताको सेवक बन्ने गर्बुजाको प्रयास र सक्रियतालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रुख चिन्हमा मतदान गरी थप पुष्टी गर्न म्याग्देली जनता आतुर रहेको गर्बुजाको भनाई छ ।
बेनी साप्ताहिक समाचारपत्रबाट साभार