फ्रान्समा जारी लिग भलिबल प्रतियोगिताको उपाधी मोना फ्रान्सले जितेको छ । मगर समाज फ्रान्सको आयोजनामा
भएको प्रथम मगर कप २०२२ मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा आयोजकलाई पन्छाउँदै मोनाले उपाधी चुमेको हो ।
लिग खेल अन्तरगत पहिलो खेलमा आयोजक मगर समाज, दोस्रो खेलमा पर्वत समाजलाई पराजित गदैं सेमिफाइनलमा पुगेको मोनाले सेमिफाइनमा स्याङ्जालाई पराजित गरेको मोना फ्रान्सका सहसचिव महेन्द्र बोहोराले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनलमा पुनः मगर समाजसँग भएको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो ।पहिलो र दोस्रो लगातार मोनाले जितेपनि दोस्रा खेल मगर समाजले जितेपछि चौथो खेल मोनाले आफ्नो पोल्टामा पारेसँगै उपाधी जितेको हो ।
मोनाको क्याप्टेन प्रबुद्ध केसीको नेतृत्वमा भएको खेलमा याम केसी, याम श्रीष मगर, शेखर पुन,रमेश बोहोरा, लक्ष्मी प्रसाद भट्टचन, महेन्द्र बोहोरा, प्रेम थापा मगर र टिम म्यानेजर बिकाश शेरचनको सहभागिता भएको थियो। सोही अवसरमा मोनाका खेलाडी याम केसी उत्कृष्ट स्पाइकर,प्रबुद्ध केसी उत्कृष्ट क्कीक स्पाइकर र याम श्रीष मगर उत्कृष्ट सेटरघोषित भएको महासचिव प्रताप मल्लले बताउनुभयो ।
प्रतियोगितामा विजेताले १४ सय यूरो सहित ट्रफी प्राप्त गरेको थियो । मोनाको टिममा म्याग्दीमा समेत भलिबलमा निकै उत्कृष्ट मानिएका खेलाडीहरु समेत भएकाले उपाधी सहित खेल क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीले बताउनुभयो । यसअगाडी समेत मोनाले आयोजना गरेको प्रथम मोना कपको उपाधी समेत जितेको थियो ।