म्याग्दीको विकटमा पर्ने धवलागिरि गाउँपालिका–२मा अवस्थित लमसुङ माविको ब्यबस्थापन समिति गठन भएको छ । विद्यालयमा आयोजित एक भेलाले भक्त बहादुर सिंकिजा पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरुमा वडाका सदस्य फुल माया बुढाथोकी, धन देबि पाइजा, लालबहादुर खड्का, सरदेबि बिक, सरिता बिक, पुर्ण बहादुर बिक शिक्षक प्रतिनिधि तेजिन्द्र बिक र सदस्य सचिव प्रअ महोन राज पौडेल रहनुभएको छ ।

भौगोलिक रुपमा विकट तथा पठनपाठनमा हुने विभिन्न समस्याले गुणस्तरीय शिक्षा चूनौती बनिरहेको अवस्थामा आफ्नो कार्यकालमा आर्थिक ब्यवस्थापन, जनशक्तीको खोजीका साथै सम्रग विद्यालयको हितमा विभिन्न कार्यक्रम ल्याउने अध्यक्ष पुनले बताउनुभयो ।

‘विद्यालयको आर्थिक गतिविधि पारदर्शी हुनुपर्छ, समुदायको अपनत्व हुने गरी काम गर्नुपर्छ’ अध्यक्ष पुनले भन्नुभयो । विद्यालयको नयाँ ब्यवस्थापन समितिले पुस्तकालय, ल्याब ब्यवस्थापन, आवश्यक भौतिक संरचना, आसपासका क्षेत्रमा आयआर्जन सहित विद्यालयको आम्दानी बढाउन योजना सहित अगाडी बढ्ने जनाएको छ । दरबन्दीका शिक्षकका लागि गाउँपालिकालाई समेत माग गरेको छ ।

Leave a Reply