भनिन्छ नि, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चाम पनि बिक्दैन’। बोल्न नसक्नेहरूले केही गर्न सक्दैनन् भन्ने भनाईलाई चुनौती दिदैं एकदशक अगाडीसम्म‘पोथी बासेको राम्रो हुँदैन’ जस्ता महिलालाई अपमान गर्ने गलत मानसिकताले हाम्रो समाजलाई गाँजेको छ । विस्तारै महिलाको सक्रियतामा विभिन्न संघसंस्थाहरू स्थापना भएपछि महिलालाई अपमान गर्ने शब्दको प्रयोग घटेपनि अवसरबाट भने बन्चित हुनुपर्ने अवस्था नै थियो ।
महिलालाई घरायसी काम अनि सामान्य अर्थमा चुलोचौकोमा सिमित हुने भन्दै संघसंस्थामा सधै प्रतिनिधित्व मात्रै गराउने गरेको अवस्थामा समाजमा महिलाहरू खुलेर बोल्न वा केही गर्न अग्रसर हुने अवस्था थिएन् ।
हरेक कुराको निर्णय र नेतृत्व पुरुषले गरिरहेको अवस्थामा महिलाहरूले आफ्नो कुरा गुम्साएर राख्न बाध्य भएकाले पनि आफूले बोलेको कुरामा अरूले खिल्ली उडाउने हो कि भन्ने डरले गाउँघरमा हुने कार्यक्रममा बोल्न हिच्किचाउनुपर्ने अवस्था थियो ।
बेनी नगरपालिका वडा नं ६ मा एक्लेपिपल आमा समुहमा आवद्ध भएर सामाजिक कार्य गर्दागदैं मैले धेरै सिक्ने अवसर पाए तर पनि सहभागीको बिचमा उठेर आफ््नो परिचय दिनै नसक्ने अवस्थाले निकै समस्या हुन्थ्यो भने पोडियममा बसेर माइक समातेर बोल्दा मुख रातोपिरो हुने, खुट्टा काम्ने र बोल्न खोजेको कुरा समेत बोल्न नसक्न्ने अवस्था थियो ।
आफ्नै परिचय दिन, कार्यक्रम सञ्चालन गर्न, मन्तब्य राख्न समेत नसक्ने अवस्थाको दैनिकीहरूका बिचमा मैले ब्यवसायिक सिप विकास केन्द्र पर्वतको आयोजनामा बेनीमा सम्पन्न भएको १५ दिने उद्घोषण तथा भाषणकला र नेतृत्व विकास तालीमबाट धेरै सिक्ने अवसर पाए।
तालिमको सुरुवातदेखि अन्तिमसम्म मेरो क्षमता अभिबृद्धि भएको महसुस मात्रै गरिन सहभागीहरूको सहयोगले मन्तब्यका हरेक विधामा नियमित अभ्यासले निकै राम्रो सुधारको अनुभुती गरे। कसरी बोल्ने होला ? के बोल्ने होला ? समस्या तालिमबाट धेरै समाधान भएको छ।
मैले तालिममा औपचारिक कार्यक्रम सञ्चालन गर्दा गर्नुपर्ने सबै विधिको जानकारँीले अब आमा समुह लगायत विभिन्न संघसंस्थामा मैले प्राप्त गर्ने जिम्मेबारीलाई निकै प्रभावकारी रुपमा अगाडी बढाउन सक्ने छु। उद्घोषक बन्नका लागि सर्वप्रथम त बोल्ने बानीको विकास भएको हुनुपर्दछ। उद्घोषक जहिले पनि निडर, साहसी र आत्मविश्वासी हुनुपर्छ भन्ने सिकेको छु ।
विविध सभा, समारोह वा सांस्कृतिक कार्यक्रम प्रथमतःसर्वप्रथम त एक कुशल उद्घोषक बन्नका लागि छ ‘क’ को ज्ञान हुनु नितान्त आवश्यक हुने रहेछ । छ ‘क’ भन्नाले कार्यक्रमको के हो ? कार्यक्रम कहाँ हुँदैछ ? कार्यक्रम कहिले हुँदैछ ? कार्यक्रमको आयोजक तथा प्रायोजक को हो ? कार्यक्रम कसरी हुँदैछ भन्ने कुराको ज्ञान एक कुशल कार्यक्रम उद्घोषकमा हुनुपर्छ। कार्यक्रमको सुरुवातमा नै यी ६ वटा प्रश्नको उत्तरको आधारमा कार्यक्रम सञ्चालन गर्दा मात्रै सफल उद्घोषको शैली पूरा हुने रहेछ । मैले १५ दिनको अवधिमा नेतृत्व विकास, माइन्युट कसरी लेख्ने जस्ता विभिन्न विषयमा जानकारी पाएको छु ।
बैठकमा उपस्थिती, प्रस्ताव, निर्णय लगायतका विषयमा कसरी ध्यान केन्द्रित गर्ने जस्ता गतिविधिका समेत प्रयोगात्मक अभ्यासले निकै सहज भएको थियो । तालिमको समापनमा सहभागीबाटै तालिम सञ्चालन, स्वागत तथा मन्तब्य राख्दा म जस्तै धेरैले सिकेको महसुस गरे। यो अवधिमा मैले निर्धक्क साथ अगाडी बोल्न सक्ने भएको छु र आगामी दिनमा पनि सिक्ने छु । यो अवसरका लागि आयोजकलाई धन्यवाद र प्रशिक्षणको भूमिका खेल्नु भएका हरिकृष्ण गौतम सरप्रति पनि निकै आभारी छु । उद्घोषक भइसकेपछाडि मासको अगाडि बोल्न डराउँनुहुँदैन त्यो यो तालिमको सबैभन्दा ठूलो ज्ञान भएको छ । धन्यवाद