राताे टिसर्ट, निलाे जर्सी । लाग्थ्यो उनले नेपाल कै राष्ट्रिय जर्सी लगाएका छन् । जब दाैडने आदेश आउथ्याे उनकाे गाेडा घाेडा झै लम्कन्थ्याे र प्रतिद्वन्दीलाई फराकिलो अन्तरले पछि पार्दथे । यहि केटाे जब राष्ट्रपति कप २०७९ मा ३००० मिटर र १५०० मिटरकाे लामाे दाैडमा स्वर्ण पदक हात पारे अनि मन जित्दै नजरमा परे । यहाँ चर्चा गरिएका पात्र हुन्-भुमिराज नेपाली ।
१६ वर्ष अघि म्याग्दी जिल्लाकाे विकट धाैलागिरी गाउँपालिका वडा नम्बर ६ मराङमा आमा मनकुमारी नेपाली र बुबा वईन्द्र नेपालीबाट जन्मेका भुमिराजले अक्षरकाे आरम्भ भने स्थानीय सिर्जना विकास आधारभूत विद्यालयबाट गरेका हुन । उनकाे बुबा राेजगारीकाे सिलसिलामा मलेसिया गएपछि भने परिवारमा भने अप्ठ्यारो आईलाग्याे ।
गाउँ घरकाे कामले आमा मनकुमारीले गाउँ छाेड्ने अवस्था थिएन । यसैबीच हजुरआमाले अठाेट गरिन-“नातिलाई बेनी लगेर मेराे पेन्सनले भए पनि राम्रो स्कुल पढाउँछु । कक्षा १ नपुग्दै भुमिराज हजुरआमाकाे साथमा बेनी झरे र बेनी बाेर्डिङ अध्ययन गर्ने अवसर जुट्याे । उनी कक्षा १० पुगे रपनि हजुरआमाकाे साथ र न्यानो माया उस्तै छ ।
उमेरसंगै खेलकुदमा रुचि बढ्न थाल्याे उनकाे । साथीभाइहरुसंग फुटबल खेल्दा खेल शिक्षक विनोद घर्ती क्षेत्रीकाे भनाइ उनकाे मनमा गड्याे । उनी अझै सम्झन्छन्-“विनाेदसरले खेलले स्वास्थ्यकाे अलवा नाम कमाउन सकिन्छ । अहिले त खेल कै माध्यमबाट आर्मी पुलिसको क्लवमा छिरेर खेल खेल्न पनि पाइने र जागिर पनि हुने” । यहि भनाइ उनको लागि वरदान सावित भयाे । मनमनै अठोट लिए-“एकदिन राष्ट्रिय खेलाडी बनेरै छाेड्छु ।”
अनि शुरु भयाे भुमिराजकाे कठाेर परिश्रम । खेलमा लागे कुलतबाट जाेगिने अनि आफू र स्कुलको नाम राख्न पाईने भने साथीहरू सन्देश दिदै आएका उनी २०७४ काे राष्ट्रपति कपमा बेनी बाेर्डिङकाे तर्फबाट १००×४ रिलेमा सहभागी भै रजत पदक र त्रिपल जम्पमा काश्य पदक जितेपछि थप हाैसिए । दाैडलाई निरन्तरता दिदै उनी विहान ४ वजे उठेर लामाे दाैडकाे अभ्यास गर्न थाले ।
“कहिलेकाही त विहानै दाैडेर वागलुङ पुगेर साढे ६ बजे कक्षा भेट्न आउछु । ” उनी उत्साहित हुँदै थप्छन् – ” २०७८ सालमा खेलकुद विकास समितिले ८००० मिटरको म्याराथन दाैड राखेको थाहा पाए । अनुभवकाे लागि नाम लेखाए । प्रतियोगितामा स्वर्ण पदक जितेपछि खुशीकाे सिमा नै रहेन ।”
“त्यसपछिको लक्ष्य राष्ट्रपति कप थियोे । विविध कारणले राेकिएकाे राष्ट्रपति कप हुने खवरले भुईमा खुट्टा रहेन ।” “भुमिराजबाट विद्यालयले पदककाे आश गरेका थियौ ।” खुशी हुँदै भाईस प्रिन्सिपल कृष्ण श्रेष्ठ थप्नुहुन्छ – “नभन्दै ३००० मिटर र १५०० मिटर गरि दुई स्वर्ण र ४००×४ रिलेमा काश्य पदक जिताएर विद्यालयकाे नाम राख्न सफल भुमिराज बधाईका पात्र बनेकाछन् । हाैसलाका लागि विद्यालयले गर्ने सम्मानलाई निरन्तरता दिन्छौं नै ।”
खेलका अलवा नयाँ नयाँ ठाउँ घुम्न र पढ्न रुचाउने भुमिराजले याे पदकहरु आफ्नोलागि दुःख बेसाउने हजुरअामालाई समर्पण गर्न चाहन्छन् । हजुरआमा, आमा, बुबा र केन्याका धावक जुनलाई प्रेरणाको स्राेत मान्ने भुमिराजले पदक जिते लगत्तै बुबा र आमालाई फाेन गरेकाे स्मरण गर्दै थप्छन्-“दुवैको खुशीकाे सिमा रहेन । उहाँहरुकाे खुशीले गण्डकी प्रदेश स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने हाैसला प्राप्त भयाे ।”
“जिल्ला स्तर पनि अपर्झत भयाे । एक दिन पछि प्रदेश स्तर । न त अभ्यासको लागि समय थियोे न त प्रशिक्षण दिन ।” बेनी बाेर्डिङका खेल शिक्षक तथा म्याग्दी एथलेटिक्स संघका अध्यक्ष विनाेद घर्ती मगर थप्नुहुन्छ – “यस्तो हतारले गर्दा पदक आश गरेका खेलाडीहरुले समेत राम्रो गर्न सकेनन् ।
धेरै खेलाडीहरुसंग त पाेखरा गएर परिचय भयाे । जिल्लामा स्केलकाे ग्राउन्ड त के कुरा नियमित प्रशिक्षणकाे अभाव छ । नियमित अभ्यास गर्ने ठाउँ छैन । जिल्लाबाट प्राेत्साहनकाे कमी र खेलाडीहरुमा अनुभवकाे कमी त छदैछ यसकाे अलवा नयाँ ठाउँमा जादा त्यसै अलमलमा पर्छन् । जेहाेस् जिल्लाकाे लागि दुःख गरे । आगामी दिनमा सफलताको शुभकामना !”
बेसिजनमा प्रतियोगिता भयाे । हतार हतार पाेखरा पुगे । आफ्नो क्षमता देखाए । अर्को पटक त यस्तो हुनु पर्छ/गर्छौं भन्ने चर्चा दुईदिने रामछाँया भयाे तर पनि भुमिराज जस्ता प्रतिभा जन्मेकाछन् र जन्मिरहन्छन् । राष्ट्रिय खेलाडी बन्ने उनकाे सपना, यसकाे लागि उनकाे मेहनत, मेहनतले प्राप्त पदक अनि लामाे दाैडमा गरेकाे कब्जाले उनलाई म्याग्दीको दाैड बादसाह भन्दा सायदै फरक पर्ला ।