बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सुरज केसी निर्वाचित भएका छन्। मंगलबार विहान सकिएको मतगणनामा केसीले लोकप्रिय मत सहित मेयरमा निर्वाचित हुनुभएको हो । नगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछानेले जित्नुभएको छ ।

नगरप्रमुखमा निर्वाचित केसीले ७ हजार ६०३ मत प्राप्त गर्नुभएको थियो भने निटकतम् प्रतिद्धन्दी नेपाली कांग्रेसका चिरञ्जीवि शर्माले ६ हजार २०४ मत ल्याउनुभयो । उपप्रमुखमा लामिछानेले ७ हजार ४३ मत प्राप्त गर्दा निकटतम् प्रतिद्धन्दी नेकपा एमालेकी पशुपति शाहीले ५ हजार ५ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले तालमेल गरेको थियो ।

पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका केसीले नगरप्रमुखमा निर्वाचित केसीले पहिलो प्रतिक्रिया दिदैं नगरबासीलाई प्रतिबद्धता पत्रमार्फत दिएको बाचा पुरा गर्ने बताउनुभयो । १० वडा रहेको नगरपालिकामा १, ५,८, १० नेकपा एमालेले जितेको छ भने २,७,९ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३ र ४ वडा जितेको छ । बेनी नगरपालिकामा यसअगाडी नेपाली कांग्रेसको तर्फबाट मेयर र र उपमेयरमा राप्रपाले जितेको थियो ।

 

Leave a Reply