नेपाली कांग्रेस म्याग्दीले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिकामा बहालवाला गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीलाई उम्मेदवारमा दोहोर्‍याउने भएको छ । नेपाली कांग्रेस प्रदेश क उपसभापति समेत रहनुभएका भण्डारीलाई थप एक कार्यकालका लागि उम्मेदवार बनाइएको छ ।

बिहिबार पार्टी कार्यालयमा बसेको बैठकले २०७४ को चुनावमा बिजयी भण्डारीलाई यसपटक पनि अध्यक्षको उम्मेदवारको रुपमा दोहोर्‍याउने निर्णय गरेको  जिल्ला सचिव हिरा पुनले बताउनुभयो । उहाँका अनुसार उपाध्यक्ष भोलीसम्म टुंगो लगाउने तयारी भइरहेको छ।उपाध्यक्षमा बहालवाला उपाध्यक्ष कमला तिलिजा सहित चारजनाको दावी गरेका छन् ।

Leave a Reply