वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीका १५ मतदान केन्द्र अति अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति म्याग्दीले जिल्लाका ६ वटै स्थानीय तहका १५ मतदानस्थलका २९ मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाएको छ ।

जिल्ला भित्रका मतदानस्थलको स्थलगत निरीक्षण गर्दै बेनी नगरपालिका सहित पाँच वटै गाउँपालिकामा निर्वाचन विरोधीसमूहको गतिविधि, भौगोलिक विकटता र मतदाता संख्याको आधारमा मतदान स्थल वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताउनुभयो ।

‘सबै मतदान केन्द्रको अवस्थाका बारेमा छलफल भइसकेको छ,‘स्थलगत अनु्गमनबाट समेत अति संवेदनशील रहेको निष्कर्ष निकालेको छ’ प्रजिअ रानाले भन्नुभयो । सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील ४९ र सामान्य १० मतदान केन्द्र रहेको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका रानाको भनाई छ ।

बि.स २०७४ सालमा संवेदनशिलमा ४७ केन्द्र रहेमा हाल २ केन्द्र थपिएर ४९ पुगेको भएपनि अति र सामान्य यथावत रहेको छ । जिल्लामा कुल मतदान केन्द्र ७४ र मतदान स्थल १ सय १० रहेको छ ।

बर्गिकरण गरिएका मतदान केन्द्रमा मतपेटिका सहित निर्वाचन साम्रागी सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सतर्कता सहित जनशक्ती परिचालन गरिने छ । हरेक पालिकाको केन्द्रमा हुने मतगणनास्थलमा सिसिटिभी क्यामरा जडानसहित आवश्यक संरचना थप गर्न समेत निर्देशन दिइएको छ।

 

Leave a Reply